घरेलु उपायले सजिलै भगाउनुस् साङ्लो

घरेलु उपायले सजिलै भगाउनुस् साङ्लो

मेट्रो संवाददाता

२६ जेठ २०७८ १८:१५

काठमाडाैं, जेठ २६

साङ्लोले नसताएको घर कमै भेटिएला । अँध्यारा कुनाकाप्चामा लुकेका साङ्लाहरू फुत्तफुत्त निस्केर तपाईंलाई हैरानै गर्छन् होला । गर्मी र बर्खाका बेलामा साङ्लाको संख्या ह्वात्तै बढ्छ । अनि त कहिलेकाहीँ पकाइराखेको तरकारी वा मुछिराखेको पीठोसहित साङ्ला फाल्नुपर्ने आवश्यकता आइलाग्छ ।

बजारमा पाइने स्प्रेले साङ्लालाई मार्छ तर त्यसमा भएको रसायनले स्वास्थ्यलाई हानि पनि पु–याउँछ । यहाँ हामी केही घरेलु उपाय बताउँछौं जसको प्रयोग गर्दा साङ्ला पनि भाग्छन् र स्वास्थ्य पनि खराब हुँदैन ।

तेजपात
खानाको स्वाद बढाउन प्रयोग हुने तेजपातको गन्ध साङ्लालाई पटक्कै मन पर्दैन । त्यसैले साङ्ला जम्मा हुने ठाउँमा तेजपात पिँधेर राखिदिनुस् । यसो गर्दा साङ्लाहरू भाग्छन् । तेजपातको गन्ध हराएपछि नयाँ तेजपात राख्नुस् ।

बेकिङ पाउडर र चिनी
एउटा कचौरामा बराबर मात्रामा बेकिङ पाउडर र चिनी मिसाउनुस् । अब त्यसमा पानी हाल्नुस् । त्यसपछि यो मिश्रणलाई साङ्ला भएका ठाउँमा छर्किनुस् । चिनीको मिठासले उनीहरूलाई लोभ्याउँछ अनि बेकिङ पाउडरले मारिदिन्छ ।

ल्वाङ
ल्वाङको गन्ध पनि साङ्लालाई मन पर्दैन । साङ्ला आउने ठाउँमा ल्वाङका कल्लीहरू राख्नुस् । यसबाहेक मट्टीतेल, नीम, पुदीना र कफीले पनि साङ्लालाई भगाइदिन्छन् ।

– एजेन्सी

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता