अम्बाको पातबाट पाइने फाइदाहरु

अम्बाको पातबाट पाइने फाइदाहरु

मेट्रो संवाददाता

२७ जेठ २०७८ ८:५५

हाम्रै घर तथा वरपर पाईने कतिपय यस्तो चिजहरु जसको प्रयोग र फाइदाको बारेमा हामी अन्जान रहेका हुन्छौँ र सानो समस्यामा पनि केमिकल युक्त बजारमा पाईने औषधी सेवन गर्ने गर्छौँ । कतिपय घरेलु जडिबुटीले पनि धेरै किसिमका स्वास्थ्य समस्या समाधान गर्न सकिन्छ ।

हामी अम्बा निकै स्वाद लिएर खाने गर्छौँ तर त्यहि अम्बाको पात सेवन गर्नु पनि निकै फाईदा हुन्छ भन्ने हामी मध्ये कतिलाई थाहा नभएको हुनसक्छ । अम्बाको पात एन्टीअक्सिडेन्ट, एन्टीब्याक्टेरियल जस्ता गुुणले भरिएको हुन्छ । छाला, कपाल र स्वास्थ्यको लागि अम्बाको पातको प्रयोग निकै लाभदायक हुन्छ ।

संयुक्त राज्य अमेरिकाको कृषि विभाग अनुसार १०० ग्राम काँचो अम्बामा ६८ ग्राम क्यालोरिज, १४ दशमलव ३२ ग्राम कार्बोहाइड्रेट, ८ दशमलव ९२ ग्राम सुगर, शुन्य दशमलव ९५ ग्राम फ्याट, ५ दशमलव ४ ग्राम डायट्रि फाइबर, ४१७ मिलिग्राम पोटाशियम, २२८ दशमलव मिलिग्राम भिटामिन ’सी’ र ६२४ अन्तराष्ट्रिय स्तरका भिटामिन ’ए’ लगायतका खनिज तत्वहरु पाइन्छन्।

अम्बाको पातबाट पाइने फाइदाहरु

मधुमेह : अम्बाको पातबाट बनेको चिया सेवन गर्दा मुधमेहबाट पीडित बिरामीहरुका लागि फाइदाजनक हुन्छ । यसको सेवनबाट रगतमा चिनीको मात्रा कम हुन्छ ।

झाडापखालाबाट मुक्ति :अम्बाको पातले झाडापखाला लागेको समस्यालाई निकै सहयोग पुर्याउँछ । ३० ग्राम अम्बाको पात र एक मुठ्ठी चामलको पीठोमा दुई गिलास पानी हालेर उमालेको पानी दिनको दुई पटक पिउँदा झाडापखालाबाट मुक्ति पाइन्छ।

तौल घटाउन : अत्याधिक तौल भएका व्यक्तिहरु लागि अम्बाको पातले वजन घटाउन निकै सहयोग गर्छ। यसले कार्बोहाइड्रेटमा पाइने स्टार्चलाई चिनीमा बदलिने प्रक्रियालाई रोक्छ जसबाट तौल घटाउन मद्दत पुग्दछ ।

पाचन प्रणालीमा सहयोगी : अम्बाको पात खाँदा खाना नपच्ने समस्याबाट छुटकारा पाइन्छ । यी पातले डाइजेष्टिभ इन्जाइमलाई बढाएर खाना पचाउन मद्दत गर्दछन् ।

मुटुको लागि फाइदाजनक : अम्बाको पातको चियाले मुटु लाई पनि फाइदाजनक गर्दछ। यसले रगतमा भएको नराम्रा क्लोस्ट्रोलको मात्रालाई कम गराउँदै मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ।

कपालका लागि : अम्बाको पातको अर्को गुण यसले कपाल बलियो बनाउनुका साथै छालालाई पनि राम्रो बनाउँदछ। यसका लागि अम्बाको ताजा पातको रस पिउनु उपयुक्त मानिन्छ ।

ऐलर्जीका लागि : अम्बाको पातमा कुनै पनि प्रकारका ऐलर्जीको समस्यालाई निर्मुल पार्ने औषधीय गुणहरु पाइन्छन्।

डण्डीफोर हटाउन : अम्बाको पातमा एण्टीसेप्टिक गुण पाइने हुनाले डण्डीफोर हटाउन पनि मद्दत गर्दछ । यो समस्या भएकाले नियमित अम्बाको ताजा पातहरूलाई पिसेर डण्डीफोर भएको ठाउँमा लगाउँदा समस्याबाट मुक्ति पाउन सकिन्छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता