मधुमेहलाई जरैदेखि हटाउने घरेलु विधी

मधुमेहलाई जरैदेखि हटाउने घरेलु विधी

मेट्रो संवाददाता

४ असार २०७८ ९:३२

मधुमेहलाई नेपाली समाजमा ‘खानदानी रोग’ भनिन्छ ।

मिठो मसिनो खाने, आरमपूर्वक बस्ने, निस्त्रिmय रहनेहरुलाई मधुमेहको जोखिम हुन्छ । त्यसैले मूलत मधुमेह जीवनशैलीसँग सम्बन्धित समस्या हो ।

जबकी आर्युवेदिक औषधी एवं प्राकृतिक विधी अपनाएर मधुमेहबाट छुटकारा पाउन सकिन्छ ।

मधुहेको लेभल कति हुनुपर्छ ?

  • बिहान खाली पेटमा जाँच गर्दा ब्लडमा सुगरको मात्रा ७० देखि १ सय १० मिलिग्राम छ भने यसलाई सामान्य ब्लड सुगर लेभल भनिन्छ ।
  • खाना खाएको २ घण्टापछि जाँच गर्दा ब्लड सुगर लेभल १ सय १० देखि १ सय ४० सामान्य हो । यो स्तर १ सय ४० देखि १ सय ७० मा पुग्छ भने अत्तालिनु पर्ने केहि छैन । किनभने यत्तिका ब्लड सुगर लेभल नियन्त्रण गर्न सकिन्छ । जब सुगर लेभल २ सयदेखि ३ सयभन्दा बढी हुन्छ भने, उपचार खाँचो हुन्छ ।
  • ब्लड सुगर लेभल ४ सय मिलिग्रामभन्दा बढी भयो भने यो गंभिर समस्या हो ।
  • यदि समयमै मधुमेहलाई नियन्त्रण गरिएन भने यसले अन्य रोगलाई जन्म दिन्छ ।

मधुमेहलाई जरैदेखि हटाउने घरेलु विधी

मधुमेह जीवनशैलीसँग सम्बन्धित समस्या भएकाले यसको निदान पनि सोहि अनुसार खोज्नुपर्छ । खासगरी स्वस्थ्य खानपान, सक्रिय दिनचर्यासँगै नराम्रो आनीबानी हटाउनुपर्छ । यसका साथै अन्य केहि घरेलु विधी छन्, जो निकै प्रभावकारी हुन सक्छ ।

  • तीनदेखि चार हरियो प्याज जरैसँग लिने । त्यसलाई राम्ररी धुने । अब उक्त प्याजलाई दुई लिटर पानीमा भिजाएर रातभर राख्ने । बिहान पानी पिउने । यो पानी एकै पटक पिउनु हुँदैन । दिनभरमा जतिबेला तिर्खा लाग्छ, थोरै थोरै पिउनुपर्छ । १ महिना निरन्तर यो विधी अपनाउनुपर्छ, मधुमेह नियन्त्रण हुन्छ ।
  • अमला, करेला, नीम, मेथी दाना र घिउमुकारीले मधुमेह नियन्त्रणमा प्रभावकारी काम गर्छ । करेलामा भिटामिन ए, बि-१, बि- २, सि हुन्छ । यी पोषक तत्वले रगतमा सुगर र पिसाबको सुगर कम गर्न महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले हरेक दिन एक गिलास करेलाको जुस पिउनैपर्छ ।
  • आँपको ताजा पात सुकाउने । त्यसलाई पिसेर पाउडर बनाउने । अब खाली पेटमा एक चम्चा यो पाउडर पानीसँग पिउनुपर्छ ।
  • आँपको ताजा पातलाई रातभरी पानीमा भिजाउने । बिहान त्यसलाई उमालेर खाली पेटमा पिउनुपर्छ ।
  • मेथी दाना १ सय ग्राम, तेजपत्ता १ सय ग्राम, बेल पत्रको पात २ सय ५० ग्राम । यी सबैलाई सुकाएर पिस्ने । बिहान खाली पेटमा उक्त धुलो एक चम्चा जति खानुपर्छ ।

योग

मधुमेहलाई जरैबाट हटाउनका लागि योग पनि एकदमै प्रभावकारी हुन्छ । बाबा रामदेवका अनुसार प्रतिदिन १५ देखि २० मिनेटसम्म कपालभाति प्राणायाम, अनुलोम-विलोम, मन्डुकासन गर्नुपर्छ, मधुमेह नियन्त्रण हुन्छ ।

यी कुरा त्यागौं

  • तनाव, गलत जीवनशैली, मोटोपन, निस्त्रिmयता, अनिन्द्रा त्याग्नुपर्छ । किनभने यी सबै मधुमेहको कारण हुन् ।
  • मधुमेहबाट बच्नका लागि स्वस्थ्य जीवनशैली अपनाउने र आफ्नो दिनचर्यामा योग एवं व्यायामलाई सामेल गर्ने ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता