मेट्रो संवाददाता
४ असार २०७८ १६:२७
काठमाडाैं, असार ३ गते । कामचलाउ अवस्थामा रहेको लिपिङपुलको केही भाग खोलाले बगाएपछि बिहीबार बेलुकाबाट तातोपानी नाकामा सवारी आवागमन अवरुद्ध भएको छ।
भैरवकुण्ड क्षेत्रमा आएको अविरल वर्षाले लिपिङ खोलामा ठूलो बाढी आएको छ। बाढीले जीर्ण अवस्थामा रहेको पुलको आधा भाग बगाएको अध्यागमन कार्यालयका कर्मचारी तिलक मगरले बताउनु भएको नयाँ पत्रिका अनलाइनले लेखेको छ।
बिहीबार खासाबाट लार्चातर्फ आएका १२ कन्टेनरमध्ये छवटा मात्रै तातोपानी आएका छन्। स्याउ बोकेका ६ कन्टेनर लिपिङमै रोकिएका छन्।
पुलको मुख्य भाग नै ढल्ने अवस्थामा रहेकोले जोखिम मोलेर मानिस आवतजावत गरिरहेका छन्। तर, गाडी आउनसक्ने अवस्था छैन।मितेरीपुलबाट तीन सय मिटर यता लिपिङ पुल भूकम्प र भोटेकोसी बाढीले जिर्ण भएको थियो।
जिर्ण भएको पुल चिनियाँ पक्षले मर्मत सुधार गरेर प्रयोगमा ल्याएको थियो। खासा-काठमाडौं सामग्री ढुवानी गर्ने सिल्क ट्रान्सपोर्टको सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले हाललाई जसोतसो चलाउने र पूरै ढल्यो भने १० दिनभित्र बेलिब्रिज फिट गर्ने योजना रहेको बताउनुभयो।
अहिले खासाबाट स्याउ मात्रै आयात भइरहेकोले लिपिङमा रोकिएका गाडीबाट स्याउ झिकेर पुलपारि अर्को गाडीमा हालेर राजधानी पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो। बाटो बन्द भएपनि नाका सुचारु रहने छ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


