मेट्रो संवाददाता
४ असार २०७८ १६:२७
काठमाडाैं, असार ३ गते । कामचलाउ अवस्थामा रहेको लिपिङपुलको केही भाग खोलाले बगाएपछि बिहीबार बेलुकाबाट तातोपानी नाकामा सवारी आवागमन अवरुद्ध भएको छ।
भैरवकुण्ड क्षेत्रमा आएको अविरल वर्षाले लिपिङ खोलामा ठूलो बाढी आएको छ। बाढीले जीर्ण अवस्थामा रहेको पुलको आधा भाग बगाएको अध्यागमन कार्यालयका कर्मचारी तिलक मगरले बताउनु भएको नयाँ पत्रिका अनलाइनले लेखेको छ।
बिहीबार खासाबाट लार्चातर्फ आएका १२ कन्टेनरमध्ये छवटा मात्रै तातोपानी आएका छन्। स्याउ बोकेका ६ कन्टेनर लिपिङमै रोकिएका छन्।
पुलको मुख्य भाग नै ढल्ने अवस्थामा रहेकोले जोखिम मोलेर मानिस आवतजावत गरिरहेका छन्। तर, गाडी आउनसक्ने अवस्था छैन।मितेरीपुलबाट तीन सय मिटर यता लिपिङ पुल भूकम्प र भोटेकोसी बाढीले जिर्ण भएको थियो।
जिर्ण भएको पुल चिनियाँ पक्षले मर्मत सुधार गरेर प्रयोगमा ल्याएको थियो। खासा-काठमाडौं सामग्री ढुवानी गर्ने सिल्क ट्रान्सपोर्टको सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले हाललाई जसोतसो चलाउने र पूरै ढल्यो भने १० दिनभित्र बेलिब्रिज फिट गर्ने योजना रहेको बताउनुभयो।
अहिले खासाबाट स्याउ मात्रै आयात भइरहेकोले लिपिङमा रोकिएका गाडीबाट स्याउ झिकेर पुलपारि अर्को गाडीमा हालेर राजधानी पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो। बाटो बन्द भएपनि नाका सुचारु रहने छ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


