‘जितः ख्वयेकाः’ को म्यूजिक भिडियो सार्वजनिक

‘जितः ख्वयेकाः’ को म्यूजिक भिडियो सार्वजनिक

मेट्रो संवाददाता

५ असार २०७८ १८:००

काठमाडाैं, असार ५ । गायिका विष्णुमाया व्यन्जनकारको गीत ‘जितः ख्वय्काः छ वने फइमखु’ को म्यूजिक भिडियो आज सार्वजनिक भएको छ ।

कलाकार, पत्रकारहरुको उपस्थितीमा जुममार्फत भएको भर्च्युअल कार्यक्रममा गीत सार्वजनिक गरिएको हाे ।

कार्यक्रममा बोल्दै वरिष्ठ सिने पत्रकार साथै नेपालभाषा म्यूजिक भिडियोका प्रथम निर्देशक विजयरत्न तुलाधरले लकडाउनमा पनि नेपालभाषाको म्यूजिक भिडियोको राम्रो गति लिइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।

पत्रकार दर्शनवीर शाक्यले गीतको शैलीलाई हेर्दै दर्शकलाई सोही अनुसारको समय अनुभुति पनि दिलाउन सक्नुपर्ने सुझाव राख्नुभयो ।

‘गीतको शैली पराम्परागत ढङ्गको छ भने म्यूजिक भिडियोमा पनि सोही अनुसारको केही समय अगाडीकै वातावरण देखाउनुपर्ने हुन्छ । आधुनिक शैलीको गीतलाई फेरी परम्परागत ढङ्गको प्रस्तुति नसुहाउन सक्छ’ शाक्यको भनाई हो ।

त्यसैगरी पत्रकार बिराजकाजी राजोपाध्यायले म्यूजिक भिडियो वा चलचित्र निर्माण गर्दा निर्देशकले तडकभडक भन्दा सरलता र जीवन्ततामा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।

‘म्यूजिक भिडियो वा चलचित्र हेर्दा दर्शकले त्यसका पात्रहरुमा आफ्नै प्रतिबिम्ब देखे वा खोजे निर्देशक सफल भयो भन्न सकिन्छ’ राजोपाध्यायले भन्नुभयो ।

गायिका व्यन्जनकारले गीतका संगीतकार स्वर्गीय पद्मज्योती बज्राचार्यको ज्ञानमाला भजनको साथै आधुनिक गीत संगीत क्षेत्रमा योगदानको बारे चर्चा गर्नुभयो ।

कार्यक्रममा कलाकार गीतका संगीत संयाेजक जुगल डंगाेल, सुरज व्यन्जनकार, स्वतन्त्र संसार महर्जनले पनि आआफ्नो भनाई राखेका थिए ।

म्यूजिक भिडियोका मोडलहरु अनुप शाक्य, सुषमा बज्राचार्य, रोजिना सुवाल, क्यामेरा निर्देशक र भिज्युअल एडिटर अमर चित्रकार, निर्देशक सुरज नापितले आ आफ्नो अनुभव सुनाएका थिए ।

स्वर्गीय मन्त बज्रले रचना गरेको गीतको म्युजिक भिडियोको कथावस्तु सत्यघटनामा आधारित रहेको बताइएको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता