कुन पसल कुन बार खोल्न पाइने ?

कुन पसल कुन बार खोल्न पाइने ?

मेट्रो संवाददाता

७ असार २०७८ ७:३८

काठमाडौं, असार ७ । कोरोना संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप एक हप्ता निरन्तरता दिने निर्णय भएको छ।

उपत्यका जिल्ला प्रशासकहरूले व्यवसाय सञ्चालन गर्न दिने व्यवस्था सहित असार १४ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बारअनुसार  व्यवसाय सञ्चालन गर्न दिने गरी निषेधाज्ञा थप गरिएको जानकारी दिए ।

बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पराजुलीले बताए ।

जिल्ला प्रशासन कार्यालयले आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन गर्न दिने व्यवस्था गरेको सीडीओ अधिकारीले बताए । त्यस्तै सोही दिन अटोमोबाइल र त्यसका पार्टपूर्जाको शोरुम तथा पसल पनि खोल्न पाइने व्यवस्था प्रशासनले गरेको छ । 

‘सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ,’ उनले भने  ‘उक्त दिन नै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।’ खाद्यान्न, फलफूल र तरकारीको पसल चाहिँ हरेक दिन ११ बजेसम्म खुल्नेछ । पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तीमा २ मिटरको दुरी कायम गर्नुपर्नेछ । 

सवारी सधानमा भने जोर बारमा जोर नम्बरको गाडी र विजोरबारमा विजोर नम्बरको गाडी सञ्चालन गर्न पाइने निर्णय भएको छ । कार, जीप तथा भ्यानमा बढीमा चार जना र ट्याक्सीमा बढीमा तीन जनामात्र राखेर यात्रा गर्न पाइने छ । शैक्षिक संस्थाहरू अनलाइनबाट कक्षा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । 

सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी गर्न बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ । प्रशासनले यस अघि जारी गरेको सम्पूर्ण सवारी पास खारेज गरेको छ । 

त्यसरी नै प्रशासनले सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, ब्युटी पार्लर, जिमखाना, पुस्तकालय तथा संग्राहलयलगायका कार्यालय खोल्न  नपाउने व्यवस्था गरेको छ ।  

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता