मेट्रो संवाददाता
९ असार २०७८ १९:२६
काठमाडाैं, असार ९ । चितवनको कालिका नगरपालिकाले एकवर्षमा २३ किलोमिटर सडक कालोपत्रे गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा नगरका अधिकांश मुख्य सडक कालोपत्रे गरेको हो ।
नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जीनियर राजेश कोइरालाकाअनुसार चालु आर्थिक वर्ष ०७७/०७८ मा २९ वटा सडक निर्माणको क्रममा रहेका छन् । यी सबै योजना रु २० लाखभन्दा माथिका रहेको छ ।
तीन सडकको निर्माण सम्पन्न भइसकेको छ भने अन्य निर्माणाधीन छन् । नगरपालिकाले रु १३ करोड ९६ लाख सडक निर्माणका लागि विनियोजन गरेको छ ।
कोरोना र मनसुनको झरीले निर्माणको काम प्रभावित भए पनि समयमै गुणस्तरीय काम सम्पन्न गर्ने गरी काम भइरहेको कोइरालाले बताए।
नगर प्रमुख खुमनारायण श्रेष्ठले नगरपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले भने, “म नगर प्रमुखमा निर्वाचित हुनुभन्दा अगाडि नगरपालिकामा तीन किलोमिटर मात्र भत्केको कालोपत्रे थियो । अहिले कति काम भएको छ । एक पटक नगरपालिका घुम्ने जो कोहीले पनि थाहा पाउँछ ।”
जनप्रतिनिधि आएपछि नगरपालिकामा सडक कालो पत्रेमा कायापलट नै भएको हो । नगर प्रमुख श्रेष्ठले नगरपालिकाका वडा नं १० र ११ का मुख्य सडक कालोपत्र हुन बाँकी रहेको र यसै वर्ष काम सम्पन्न गरिने बताए ।
RECOMENDED News
Latest News
Faircrown Review: Bonus, Zahlungsmethoden, Sicherheit & mobile App für deutsche Spieler
1. Überblick: Was ist Fair Crown Casino? 2. Registrierung & KYC – Schnell starten 3. Bonusangebote und Wettbedingungen 4....
१० वैशाख २०८३ १:२८ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


