ग्रुप अफ डेथमा पोर्चुगल र जर्मनीलाई चुनौती

ग्रुप अफ डेथमा पोर्चुगल र जर्मनीलाई चुनौती

मेट्रो संवाददाता

९ असार २०७८ १०:१३


सेभिया, असार ९ (एजेन्सी)– युरो कप २०२० अन्तर्गत बुधबार समूहचरणका अन्तिम खेल हुँदै छन्, जसअन्तर्गत समूह ‘ई’ का दुई र समूह ‘एफ’ का दुई गरी कुल ४ खेल मात्र बाँकी छन् ।

स्पेनविरुद्ध स्लोभाकिया

समूह ‘ई’ बाट अन्तिम १६ प्रवेश गर्ने ४ वटा टोलीको सम्भावना बाँकी छ । स्पेन मात्र २ अंकका साथ तेस्रो स्थानमा छ भने स्लोभाकिया ३ अंकका साथ दोस्रो स्थानमा छ । स्विडेन ४ अंकका साथ शीर्ष स्थानमा रहँदा पोल्यान्ड १ अंकका साथ चौथो स्थानमा छ । स्विडेनविरुद्ध गोलरहित बराबरीका साथ युरो कप २०२० को यात्रा थालनी गरेको स्पेन दोस्रो खेलमा पोल्यान्डसँग १–१ को बराबरीमा रोकिएको थियो । यता पोल्यान्डविरुद्ध ३ अंक खोस्दै प्रतियोगितामा सुखद सुरुआत गरेको स्लोभाकिया दोस्रो खेलमा भने स्विडेनसँग पराजित भएको थियो ।

त्यसैले दुवै टोलीलाई कम्तीमा दोस्रो स्थान पक्का गर्दैै अन्तिम १६ प्रवेशका लागि जितको विकल्प छैन । यद्यपि बराबरीको नतिजा पनि स्लोभाकियालाई अन्तिम १६ प्रवेश गर्न पर्याप्त बन्न सक्छ । लुइस इनरिकेको टोलीले जारी प्रतियोगितामा उल्लेख्य प्रदर्शन गर्न सकेको छैन । अग्रपंक्तिका खेलाडी नचल्दा उनी निराश बन्दै आएका छन् । स्पेन २००४ पछि पहिलो पटक युरो कपको समूहचरणबाटै बाहिरिने संघारमा छ । सन् २००८ र २०१२ मा युरो कपको उपाधि जितेको स्पेनले २०१६ मा पनि समूहचरण भने पार गरेको थियो ।

स्विडेनविरुद्ध पोल्यान्ड

स्लोभाकियामाथि दोस्रो खेलमा हात पारेको जितले स्विडेनलाई समूह ‘ई’ को सम्भावित विजेताका रूपमा उभ्याएको छ । आइतबार हुने खेलमा पोल्यान्डमाथि जित हात पारेमा स्विडेन समूहविजेताका रूपमा नकआउट चरण प्रवेश गर्नेछ । यद्यपि बराबरीको नतिजाले पनि स्विडेन अन्तिम १६ प्रवेश गर्नेछ । यता मात्र १ अंकका साथ चौथो स्थानमा बसेको पोल्यान्डलाई समूहचरणबाट माथि उठ्ने सम्भावना जीवित राख्नका लागि पनि स्पष्ट ३ अंक आवश्यक छ ।

पोर्चुगलविरुद्ध फ्रान्स

बुधबार समूह ‘एफ’ को अन्तिम चरणको खेलमा पोर्चुगल र फ्रान्स आमनेसामने हुँदा त्यसले सन् २०१६ को युरो कप फाइनलको झल्को दिनेछ । शनिबार जर्मनीसँग ४—२ ले हारेसँगै पोर्चुगलका लागि शीर्ष २ मा बस्दै नकआउट चरण प्रवेश गर्न विश्वविजेता फ्रान्सविरुद्ध जितको विकल्प छैन । पोर्चुगल गोलको लयमा रहेका कप्तान क्रिस्टियानो रोनाल्डोको लय फ्रान्सविरुद्ध पनि निरन्तर भएको हेर्न चाहन्छ ।

सन् २०१६ को युरो कपमा पोर्चुगलले फ्रान्सलाई स्तब्ध बनाएको थियो । त्यस क्रममा समूहचरणका तीनवटै खेल बराबरी गरेको पोर्चुगल तेस्रो स्थानमा बस्ने टोलीमध्ये उत्कृष्ट ४ मा अटाउँदै नकआउट चरण प्रवेश गरेको थियो । फ्रान्सविरुद्धको हारले पोर्चुगलको शीर्ष २ मा बस्दै अघिल्लो चरण प्रवेश गर्ने सम्भावना सकिए पनि तेस्रो स्थानमा बस्ने टोलीमध्ये उत्कृष्ट ४ मा पर्ने सम्भावना भने जीवित रहनेछ ।

‘हामीले जर्मनीविरुद्ध लज्जास्पद हार बेहोर्दा गरेका गल्ती सुधार गर्दै फ्रान्सको चुनाती पन्छाउनु छ,’ पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने । ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ मा ४ अंक बटुलेको फ्रान्स शीर्ष स्थानमा छ भने पोर्चुगल र जर्मनी समान ३ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । हंगेरी मात्र १ अंकका साथ चौथो स्थानमा छ । जर्मनीविरुद्ध आत्मघाती गोल उपहार पाएको फ्रान्सले दोस्रो खेलमा हंगेरीसँग पुनरागमनमा १—१ को बराबरी खेलेको थियो ।

त्यसैले पोर्चुगलविरुद्ध बराबरीले मात्र पनि फ्रान्सको अन्तिम १६ प्रवेशको टिकट पक्का गर्नेछ । फ्रान्सको लक्ष्य गत संस्करण घरेलु मैदानमा पोर्चुगलसँग फाइनलमा भोगेको हारको बदला लिँदै समूह विजेताका रूपमा नकआउट चरण प्रवेश गर्ने रहेको छ । ‘मलाई मेरा खेलाडीमा पूर्ण रूपमा विश्वास छ,’ फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्सले भने, ‘स्ट्राइकर फिनिसिङमा चुकिरहेका छन्, आशा छ पोर्चुगलविरुद्ध त्यो समस्यामा पूर्णविराम लाग्नेछ ।’

जर्मनीविरुद्ध हंगेरी

फ्रान्सविरुद्धको पहिलो खेमला अभागी साबित बनेको जर्मनीले दोस्रो खेलमा साबिकको विजेता पोर्चुगलमाथि जितका साथ प्रतियोगितामा पुनरागमन गरेको हो । सो जितपछि जर्मनीले अन्तिम १६ प्रवेश समीकरण आफ्नै हातमा फर्काएको थियो । हंगेरीमाथि स्पष्ट जित,जर्मनीको युरो कप २०२० को नकआउट चरण प्रवेशका लागि पर्याप्त बन्नेछ ।

‘हामीले पोर्चुगलविरुद्ध बल नियन्त्रणमा राख्दै तीव्र गतिको खेल खेल्यांै,’ जर्मनीका प्रशिक्षक जोचिम लोउले भने, ‘हंगेरीले बुधबार पूर्ण रूपमा रक्षात्मक रणनीतिका साथ खेलेमा त्यो हाम्रा लागि कठिन बन्न सक्छ । उनीहरूले आफूहरू जस्तोसुकै नतिजा ल्याउन सक्षम छांै भन्ने प्रमाणित गरिसकेका छन् ।’ यता पहिलो खेलमा पोर्चुगललाई ८४ मिनेटसम्म रोकेको हंगेरीले दोस्रो खेलमा विश्वविजेता फ्रान्सलाई बराबरीमा
रोकेको थियो ।

त्यसैले हंगेरी म्युनिखमा घरेलु टोलीलाई स्तब्ध पार्दै अघिल्लो चरण प्रवेशको ढोका खुला राख्न चाहन्छ । ‘हामीले उत्कृष्ट प्रदर्शन गर्न आएका हांै,’ हंगेरीका प्रशिक्षक मार्काे रोस्सीले भने, ‘आशा छ, म्युनिखमा टोलीले अहिलेसम्मकै उत्कृष्ट खेल खेल्दै नतिजा आफ्नो पक्षमा पार्नेछ । हामी कम्तीमा प्रतियोगितामा सुखद बिदाइको लक्ष्यमा छाैं ।’ – आजकाे नागरिक दैनिकमा समाचार छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता