सेयरमा बैंकको लगानी ९४ अर्बमाथि

सेयरमा बैंकको लगानी ९४ अर्बमाथि

मेट्रो संवाददाता

९ असार २०७८ १०:१५

काठमाडौं, असार ९ । बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जा वृद्धि गर्दै गएका छन् । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक (वैशाखसम्म) प्रकाशित गरेको विवरण अनुसार बैंक तथा वित्तीय संस्थाको सेयर धितोमा गरेको लगानी ९४ अर्ब रूपैयाँ बढी पुगेको छ ।

२०७७ चैतसम्म वित्तीय संस्थाको सेयरमा लगानी ९१ अर्ब ८४ करोड ४० लाख रूपैयाँ थियो । वैशाखमा मात्रै बैंक तथा वित्तीय संस्थाले साढे दुई अर्ब रूपैयाँ सेयर धितोमा लगानी गरेपछि यस्तो कर्जा बढेको हो ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सबै वाणिज्य बैंकहरूले ८१ अर्ब ६१ करोड २० लाख रूपैयाँ तथा विकास बैंकहरूले १० अर्ब १८ करोड ४० लाख र वित्त कम्पनीहरूले दुई अर्ब ५४ करोड ८० लाख रूपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका हुन् । चैत मसान्तसम्म वाणिज्य बैंकहरूले ७८ अर्ब ९९ करोड ४० लाख, विकास बैंकहरूले १० अर्ब ३२ करोड ४० लाख र वित्त कम्पनीहरूले दुई अर्ब ५७ करोड ९० लाख रूपैयाँ सेयर धितोमा लगानी गरेका थिए ।

कोरोना महामारी फैलिएपछि बैंकिङ प्रणालीको अधिक तरलता सेयर धितोमा लगानी हुन थालेको थियो । खासगरी उत्पादनमूलक क्षेत्रबाट कर्जाको माग आउन नसकेपछि वित्तीय संस्थाले सेयर लगानीमा जोड दिन थालेका हुन् । एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले अधिक तरलताको व्यवस्थापनका लागि पनि वित्तीय संस्थाको ध्यान सेयर कर्जातर्फ बढेको बताए ।

‘बैंकमा पैसा त्यत्तिकै रहनुभन्दा सेयरमा लगानी गर्दा अल्पकालीन समयलाई भए पनि केही ब्याज त आउँछ नि !’ उनले नागरिकसँग भने, ‘लगानीका अन्य क्षेत्रबाट माग आउन थालेपछि सेयर कर्जा त्यत्तिकै कम भएर जान्छ ।’ उनले बैंक तथा वित्तीय संस्थाको चाहना पनि सेयर कर्जामा जोड दिने नभएको प्रस्ट पारे ।

‘वित्तीय क्षेत्र पनि उत्पादनमूलक क्षेत्रमै लगानी गर्न चाहन्छ,’ उनले भने, ‘यसका लागि उत्पादनमूलक क्षेत्रबाट पनि कर्जाको माग आउनुपर्छ ।’ सेयर धितोमा गरिएको लगानी सधैंलाई होइन भनेर बुभ्mन पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ । केही महिना अघिसम्म दुई सय अर्ब रूपैयाँभन्दा बढी बैंकिङ च्यानलमा अधिक तरलता पुगेको थियो । तर पछिल्लो समयमा भने तरलता कम हुँदै गइरहेको छ । बैंक तथा वित्तीय संस्थाको लगानी बढेपछि केही समयदेखि सेयर बजार निरन्तर उकालो लागिरहेको छ । एक वर्षको अवधिमा सेयर बजार मापक नेप्से दोब्बर भन्दा बढीले वृद्धि भइसकेको छ ।

राष्ट्र बैंकको पछिल्लो नीतिले सेयर धितो राखी बैंक तथा वित्त कम्पनीले ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउँछन् । जसले गर्दा पनि लगानीकर्तालाई धेरै कर्जा प्राप्त गर्न सहज भइरहेको छ । लगानीका अवसर फेला नपार्दा अधिकांश बैंक तथा वित्तीय संस्थाको जोड सेयर कर्जामै देखिएको छ ।

चैत महिनासँग तुलना गर्दा वैशाखमा अधिकांश बैंकको सेयर धितोमा कर्जा लगानी बढेको छ ।
कर्जा सहजै भएपछि बैंकबाट कर्जा लिएर सेयर बजारमै लगानी गर्ने गरेको लगानीकर्ताहरूको भनाइ छ । कर्जा सहज भएपछि अनलाइनमार्फत सेयर कारोबार गर्नेको संख्या करिब सात लाख छ । त्यस्तै, ३५ लाख बढीले डिम्याट खाता खोलिसकेका छन् ।

नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुली सेयर बजारमा दैनिक अनलाइनमार्फत ८०–९० हजारले कारोबार गर्ने गरेको बताउँछन् । जसले गर्दा दैनिक १८–१८ अर्ब रूपैयाँसम्मको सेयर कारोबार हुन थालेको छ । याे समाचार आजकाे नागरिक दैनिकमा छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता