कपाल झर्न रोक्ने सजिलो घरेलु उपाय

कपाल झर्न रोक्ने सजिलो घरेलु उपाय

मेट्रो संवाददाता

१० असार २०७८ ७:१५

एजेन्सी । कपाल झर्ने समस्याबाट धेरै मानिसहरु चिन्तित हुन्छन् । युवामा अहिलेको प्रमुख स्वास्थ्य समस्या हो कपाल झर्नु । यसरी जवानी मै कपाल झरेपछि पुरुषकालागि यो ठूलो चिन्ताको विषय बनेको छ ।

विभिन्न कारणले कपाल झर्ने समस्या पैदा हुन्छ । तर, गम्भीर रोगका कारण कपाल झर्ने समस्यामा बाहेक घरेलु विधि अपनाएर यसको समाधान गर्न सकिन्छ । 

युवावस्थामै तालु नदेखियोस् भन्न पुरुषहरुले केहि घरेलु उपाय अपनाए कपाल झर्ने समस्या समाधान हुन्छ ।

  • अण्डामा प्रशस्त मात्रामा पाइने प्रोटिनले कपाललाई बाक्लो र बलियो बनाउँछ । यसका लागि एउटा अण्डालाई मज्जाले फिटेर पेस्ट बनाई नियमित रुपमा कपाल र तालुमा लगाएर केही मिनेटसम्म त्यत्तिकै राख्ने र पछि पखालेमा कपाल बाक्लो र चम्किलो हुन्छ ।
  • एक गिलास पानीमा दुई चम्चा चिया हालेर उमालेर चिसो भइसकेपछि यसमा कागती निचोर्नुहोस्। कपाललाई राम्ररी धोएर अन्त्यमा यो पानीले धुनुहोस्, त्यसपछि सफा पानीले कपाल पखाल्नुहोस्। यसबाट कपाल स्वस्थ, चम्किलो र बलियो बन्नेछ। कपाल झर्न रोकिनेछ। 
  • भाङका पातको रसले टाउको मालिस गर्नाले कपाल झर्न बन्द हुन्छ भने काँक्राको रस खुइलिएको भागमा लगाउनाले नयाँ कपाल उम्रिन थाल्नेछ।
  • पुरुषको कपाल झर्नबाट रोक्न तालुको भागलाई मसाज गर्दा राम्रोसँग रक्तसञ्चार हुन्छ । रगतले कपालका जरालाई चाहिने अक्सिजन बोकेको हुन्छ । यसले कपाललाई उमार्न र हुर्काउन मद्दत गर्छ । तसर्थ, नियमित तालुको मसाज गर्दा लाभ मिल्दछ ।
  • एक सय ग्राम नीमको पातलाई एक लिटर पानीमा उमाल्नुहोस्। त्यस पानीले टाउको धुनुहोस्। टाउकोमा आएका फोका हट्नेछन् साथै खुइलिएको भागमा कपाल उम्रिन थाल्नेछ। टाउको धोइसकेपछि नीमको तेल लगाउनुहोस्। 
  • भिटामिन र पौष्टिक तत्व पाइने नरिवलको पानीले कपाल पलाउन सहयोग गर्दछ । यसले कपालको जरालाई स्वस्थ र मजबुत पनि बनाउँछ । नरिवलको तेल वा नरिवल पानी दुवैलाई तालुमा लगाए वा नरिवलको पानी दिनहुँ पिएमा कपाल र शरीर दुवै स्वस्थ हुन्छ ।
  • एक गिलास दहीमा दुई र तीन चम्चा कालो मरिचको धूलो राखी पेस्ट बनाएर कपालमा लगाउँदा कपालको झर्ने दर कम हुन जान्छ । यो पेष्ट लगाएको केही मिनेटपछि स्याम्पू लगाई नरम तरिकाले पखाल्नु पर्छ ।
  • पुरुषको कपाल झर्न रोक्न नरिवलको तेल, अण्डा, एभोकाडो, सुन्तलाको जुस, घ्यू कुमारी, निम, हेन्ना, मह, मरिच, भिनेगर र कागतीको जुसको प्रयोग गर्ने सकिन्छ । साथै नियमित तेलले मालिस गर्दा पनि कपाल पलाउन लाभ पुग्दछ । 

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता