चिन्ता र तनावले निम्त्याउने ११ जोखिम

चिन्ता र तनावले निम्त्याउने ११ जोखिम

मेट्रो संवाददाता

१० असार २०७८ ७:२५

चिन्ता, तनाव यि दुबैले मानिसलाई सताउन थालेपछि मानिस बिना कारण रोगी बन्न पुग्दछ । नेपालीमा उखान पनि छ, चिन्ताले चितामा पुर्याउँछ । त्यसैले आफैमा रोग नभए पनि चिन्ताले धेरैं शारीरिक तथा मानसिक रोगलाई जन्माउँछ । चिन्ता वा तनावले निम्त्याउने समस्याहरु निम्न छन् :

१. मधुमेह, उच्च रक्तचाप
यदि चिन्ता र तनाव कम भएन वा समयमै उपचार भएन भने डिप्रेसनका साथै अन्य कडा खालका मानसिक रोग हुनसक्छ । चिन्ता र तनाव लिने व्यक्तिमा क्यान्सर, फोक्सोसम्बन्धी रोग, लिभर सिरोसिस, उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्ने जोखिम बढी हुन्छ ।

२. कमजोर यौन जीवन
तनाव र चिन्ताले यौन उत्तेजना जगाउने रसायनलाई निस्तेज पारिदिन्छ । जसले व्यक्तिमा यौनप्रति इच्छा कम हुँदै जान्छ । चिन्ता लिने व्यक्तिको शरीरमा सेक्स हर्मोन टेस्टोस्टेरोनको मात्रा कम हुदैँ जान्छ ।

३. कपाल झर्न थाल्छ
अहिले उमेरले ३० नकट्दै अधिकाशं युवामा कपाल झर्ने समस्या रहने गरेको छ । जसको प्रमुख कारक हो, चिन्ता । चिन्ता लिदाँ शरीरमा कोर्टिसोल नामक हर्मोन उत्सर्जन हुन्छ, जसले कपालका जरालाई कमजोर गरिदिन्छ र कपाल झर्न थाल्दछ ।

४. दाँत बिग्रने
अनावश्यक रुपमा धेरै चिन्ता लिने वा तनावमा बस्नेहरुमा दाँत खिइने, गिजामा समस्या हुने लगायतका दाँत सम्बन्धी समस्या हुने गर्दछ ।

५. मुटु कमजोर हुन्छ
चिन्ता लिने व्यक्तिको मुटुको मांसपेशी कमजोर हुदैँ जान्छ । अर्थात स्टेस हर्मोनले मुटुको धड्कन बढाउनुका साथै नसा संकुचित पारेर रक्तसञ्चारमा बाधा उत्पन्न गराउँछ । तसर्थ यस्ता व्यक्तिलाई हृदयाघात हुने जोखिम अन्य व्यक्तिलाई भन्दा बढी हुन्छ ।

६. मोटो बनाउँछ
चिन्ता लिने व्यक्तिहरु शरिरलाई चाहिनेभन्दा बढि खाना खाने गर्दछन् । उनिहरु जति खाए पनि अघाउँदैनन् । जसले गर्दा शरीर मोटो र अस्वभाविक बन्न पुग्दछ ।

७. उमेर अगावै बूढो
सधैँ चिन्तामा रहने व्यक्तिको शरीरमा नयाँ कोषको विकास ढिलो हुन पुग्दछ । जसले व्यक्ति चाँडै बूढो देखिन्छ । छालामा चाउरी पर्ने, मांसपेशी कमजोर हुने, आँखा कमजोर हुने जस्ता बुढ्यौलीका संकेत चिन्ता लिने व्यक्तिमा अरु भन्दा चाँडै देखा पर्दछ ।

८. रोगप्रतिरोधी क्षमतामा कमी
चिन्ता लिने व्यक्तिको शरीरमा रोगप्रतिरोधी क्षमता कम हुन्छ । यस्ता व्यक्तिमा रुघाखोकी, ज्वरोजस्ता रोग बारम्बार लागि रहन्छ ।

९. मष्तिकमा असर
चिन्ता लिने व्यक्तिहरुमा दिमागमा पनि हानी पुग्दछ । चिन्ताले मष्तिकमा रहने हिप्पोक्यामस भन्ने भाग ‘ड्यामेज’ गरिदिन्छ । परिणामतः व्यक्तिको स्मरणशक्ति घट्दछ ।

१०. शरीरमा विकार बढ्दछ
चिन्ता लिँदा शरिरमा बोसो र चिनीयुक्त खानाप्रति आशक्ति बढ्न जान्छ । जसले शरीरमा विकार निरन्तर सञ्चय हुन पुग्दछ । र शरीरमा रोगहरु थपिदै जान्छ ।

११. अत्यधिक जीउ दुख्छ
चिन्ता र तनाव लिइरहने व्यक्तिको हड्डीमा खनिजकोे मात्रा घट्न जान्छ । जसका कारण निरन्तर चिन्ता लिने व्यक्तिहरुमा अत्यधिक जीउ दुख्ने समस्या हुने गर्दछ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता