‘डेल्टा प्लस’ : यो प्रजातिको जोखिमबारे हतार नगर्न वैज्ञानिकको आग्रह

‘डेल्टा प्लस’ : यो प्रजातिको जोखिमबारे हतार नगर्न वैज्ञानिकको आग्रह

मेट्रो संवाददाता

१० असार २०७८ ११:१०

काठमाडौ, असार १०। भारतले सुरुमा युरोपमा देखिएको भाइरसलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेर परिभाषित गरे पनि यो प्रजातिले अत्यधिक खतरा निम्ताउने भनेर भन्न हतार गर्न नहुने वैज्ञानिकले बताएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले ‘डेल्टा प्लस’ भनेर भनिएको उक्त प्रजातिका बारेमा गरिएको एक अध्ययनले यो छिटो प्रसार हुने, फोक्सोमा कोषमा सजिलै टाँसिने तथा शरीरमा भाइरसको प्रभाव न्यून गर्ने मोनोक्लोनल एन्टिबडी थेरापी विधिलाई प्रतिरोध गर्ने देखिएको बताएको थियो। यसअघि पत्ता लागेको डेल्टा भेरियन्टसँग सम्बन्धित रहेको यो भेरियन्ट भारतमा महमारीको दोस्रो लहरको लागि जिम्मेवार मानिएको छ।  

भारतको स्वास्थ्य मन्त्रालयले भारतमा अप्रिलमा देखिएको यो डेल्टा प्लस भेरियन्ट भारतका ती राज्यका ६ जिल्लाबाट संकलित गरिएका ४० नमुनामा यो भेरियन्ट देखिएको बताएको छ। ४० नमुनामध्ये १६ नमुना दोस्रो लहरबाट सवैभन्दा बढी प्रभावित महाराष्ट्रमा देखिएको छ। यो डेल्टा प्लस भेरियन्ट भारत, अमेरिका, बेलायत, पोर्जुगल, स्विटजरल्यान्ड, जापान, पोल्यान्ड, नेपाल, रुस र चीनसहित १० देशमा पाइएको छ भने डेल्टा भेरियन्ट विश्वका ८० देशमा देखिएको छ।

भाइरसमा लगातार उत्परिवर्तन भइरहन्छ र सबै उपत्परिवर्तन असंगत हिसाबमा हुन्छन्। केही उत्परिवर्तनले भाइरस स्वयंलाई नोक्सान गर्छन् भने अन्यले रोगलाई झन् बढी संक्रामक पार्ने गर्छन् भने यस्ता प्रजाति बढी हावी हुन्छ। सजिलै प्रसार हुने, सघन हिसाबले बिरामी पार्ने, उपचार तथा खोपको प्रभावकारितलाई निस्प्रभावी पार्ने तथा प्रतिरोधी क्षमतालाई ह्रास गर्ने खाले चरित्र देखिएपछि भाइरसको उत्परिवर्तनलाई ‘भेरियन्ट अफ इन्ट्रेष्ट’बाट ‘भेरियन्ट अफ कन्सर्न’को रूपमा स्तरोन्नति गर्ने गरिएको छ। यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...

९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता