पिपलको बोट उखेन्दा पनि लाग्छ पितृ र शनि दोष

पिपलको बोट उखेन्दा पनि लाग्छ पितृ र शनि दोष

मेट्रो संवाददाता

११ असार २०७८ ९:१७

कतिपय समयमा घरको वरपर यस्ता चिज आउँछन् जसले घरलाई कुरुप बनाउँछ। पर्खाल कुरुप बनाउने मात्र होईन कमजोर पनि बनाउँछ । त्यसैले हामी घरको पर्खालमा उम्रिएका कुनै रुख बिरुवा हामी उखेलेर फाल्छौँ ।

हिन्दू धर्मग्रन्थ अनुसार पिपललाई निकै पवित्र विरुवा मानिन्छ। त्यसैले यसलाई उखेलेर फालेमा ठुलो पाप लाग्दछ भन्ने पौराणि विस्वास रहँदै आएको छ। यस दोषबाट कसरी बँच्ने भन्ने विषयमा ज्योतिषाचार्य पं. प्रफुल्ल भट्टले यस्तो सुझाब दिएका छन्।

१) तपाईले घरको पर्खालबाट पिपलको बिरुवा उखेल्नुभयो भने अर्को स्थानमा लगेर सार्नुहोस्। जसले तपाई यसको अशुभ फलबाट बँच्न सक्नुहुन्छ ।

२) पिपलमा भगवान विष्णुको वास हुने विश्वास रहँदै आएको छ। त्यसैले यो दोषबाट बँच्नका लागि दैनिक भगवान विष्णुको पूजा गरेर तुलसीको मालाले तल लेखिएको मन्त्रले जप गर्नुहोस् ऊँ वासुदेवाय नमः ।

३) पिपलको पूजा गर्दा भगवान शनिदेव प्रसन्न हुनुहुन्छ । पिपलको विरुवा नष्ट गरेमा शनि दोष बढेर जान्छ । यस दोषबाट बँच्नका लागि भगवान शनिदेवको पूजा गरेर पिपललाई जल चढाउनुहोस्।

४) पिपलको पूजाबाट पितृ पनि प्रसन्न हुने र आर्शिवाद मिल्ने विश्वास छ । यस दोषको अशुभ फलबाट बँच्नका लागि प्रत्येक अमावस्या पितृको आत्मालको शान्तिका लागि घरमा पनि पुजा गर्न सकिन्छ ।

५) महामृत्युञ्जयको मन्त्र जप गरेर पनि पिपलको दोष नष्ट गर्न सकिन्छ । तपाई आफैँ स्वयम् मन्त्र जप गर्न सक्नुहुन्न भनेपनि कुनै योग्य ब्रह्मणलाई गराउन सक्नुहुन्छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता