निषेधाज्ञा एक साता थप हुने, सार्वजनिक यातायात खुल्ने सम्भावना न्युन

निषेधाज्ञा एक साता थप हुने, सार्वजनिक यातायात खुल्ने सम्भावना न्युन

मेट्रो संवाददाता

१३ असार २०७८ १२:१३

काठमाडौं, असार १३ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको विषयलाई लिएर उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । दिउँसो बस्ने बैठकले जारी निषेधाज्ञाको बारेमा मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्नेछ ।

जारी निषेधाज्ञा लाई एक हप्ता थप हुने गरि र अन्य केही क्षेत्र खुकुलो बनाइने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । सार्वजनिक यातायात सञ्चालन गर्न दिने माग आएको भएता पनि अहिलेको संक्रमणको अवस्था र संभावित खतरालाई मध्यनजर गरि खोल्ने अवस्थामा आफूहरु नपुगेको र यस विषयमा पनि आज निर्णय हुने प्रजिअ निरौलाले बताउनुभयो ।

अरु के– के क्षेत्र थप खुकुलो हुने तथा भैरहेको मोडालिटीलाई कसरी अगाडी बढाउने भन्ने प्रश्नमा अहिले खुला भएका क्षेत्रहरुको खोल्ने र बन्द गर्ने समयतालिका हेरफेर हुन्छ र अन्य थप खुला हुने क्षेत्रलाई समय मिलाएर खोल्न दिने जानकारी उहाँले दिनुभयो । पटक पटक थप गरि बैशाख १६ देखि लागु गरिदै आएको निषेधाज्ञाको पछिल्लो पटक थप गरिएको अवधि उपत्यकामा भोलि सोमबार राती १२ पछि सकिँदैछ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता