सार्वजनिक यातायात जोरविजोर चल्न पाउने सहित निषेधाज्ञा थप खुकुलो,

सार्वजनिक यातायात जोरविजोर चल्न पाउने सहित निषेधाज्ञा थप खुकुलो,

मेट्रो संवाददाता

१४ असार २०७८ १२:५२

काठमाडौं, असार १४ ।
भोलिदेखि लागु हुने काठमाडौैं उपत्यका भित्र मात्र संचालन हुने २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यात्रु बाहक सवारी साधन जोर विजोर प्रणालीमा संचालन गर्ने जारी निषेधाज्ञा खुकुलो गरिएको छ ।


आज रातिबाट जारी निषेधाज्ञाको अवधि सकिन लागेको बेला काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख अधिकारीको बैठकले एक हप्ता निषेधाज्ञा थप र काठमाडौ उपत्यकामा जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय गरेको छ । सो कुराको जानकारी ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

आज बसेको बैठकले आर्थिक गतिविधि चलायमान हुने गरी निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो । यसैगरी बैंक, वित्तीय क्षेत्र, फेन्सी, भाँडा पसललगायत व्यवसाय समय तोकेर यस अघि खुलाउन दिइएको थियो ।किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसल बिहान खुल्दै आएका छन् । निजी सवारी साधनलाई जोर बिजोर प्रणालीमा चल्दै आएका छन् । विस्तारै कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सबै क्षेत्र खुला हुनेछ ।
पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि आज राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो । थप निषेधाज्ञामा सवै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस,डान्सबार, दोहोरी, नाजघर, चिडियाखाना, रगंशालामा हुने दर्शक सहितको खेलकुद र मानिसकोहरुको भीडभाड हुने अन्य सवै प्रकारका कार्यक्रम सञ्चालनमा गर्न रोक लगाइएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता