देउवाकाे सरकारलाई विश्वासको मत नदिने; पार्टीको निर्णय मान्न सांसदलाई निर्देशन

देउवाकाे सरकारलाई विश्वासको मत नदिने; पार्टीको निर्णय मान्न सांसदलाई निर्देशन

मेट्रो संवाददाता

१ साउन २०७८ १७:०२

एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले सरकारलाई विश्वासको मत पनि नदिने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। साथै पार्टीको यो निर्णय मान्न सांसदहरुलाई निर्देशन पनि बैठकले दिएको छ । 

काठमाडाैं, १ साउन २०७८ ।

शेरबहादुर देउवाको सरकारलाई नेकपा एमालेले समर्थन नगर्ने निर्णय गरेको छ। एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले सरकारलाई विश्वासको मत पनि नदिने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। साथै पार्टीको यो निर्णय मान्न सांसदहरुलाई निर्देशन पनि बैठकले दिएको छ । 

‘अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई विश्वासको मत नदिने निर्णय भएको छ। पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरुलाई निर्णयको पालना गर्न निर्देशनसमेत दिइएको छ’, ज्ञवालीले भने ।

शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले नेकपा एमालेको विवाद समाधान गर्न गठित दस सदस्यीय कार्यदलले गरेको दसबुँदे सहमति अनुमोदन गरेको छ ।

बैठकले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको दसबुँदे सहमति अनुमोदन गर्दै कार्यदल विघटन गर्ने निर्णय भएको ज्ञवालीले बताए। एमालेले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गरेको छ।

प्रवक्ता ज्ञवालीले सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि नसकिने बताउँदै एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताए।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता