प्रधानमन्त्री देउवा र चिनिया राजदुतबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र चिनिया राजदुतबीच भेटवार्ता

मेट्रो संवाददाता

१ साउन २०७८ १८:०८

काठमाडाैं, १ साउन २०७८ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनिया राजदुत हाेउ यान्छी वीच प्रधानमन्त्री निवास वालुवाटारमा आज भेट भएकाे छ ।

तर  यसअघि नेपालका लागि अमेरिकी र भारतीय राजदूतहरुले भने प्रधानमन्त्री देउवाकाे निजी निवास बुढानिलकण्ठमा पुगेर भेट गर्नु भएकाे थियाे ।

आज मात्रै प्रधानमन्त्री देउवा बालुवाटार सर्नु भएको हाे । नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाड्नुभएको थियो ।

असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै दुई दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियाे ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले सो फैसला सुनाएको हो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता