मेट्रो संवाददाता
४ साउन २०७८ १३:३४
६५ स्थानमा फ्रि वाइफाइ जडान हुँदै

काठमाडाैं, ४ साउन २०७८ ।
कीर्तिपुर नगरपालिकाले छिट्टै नै विद्युतीय शासन (E-Governance) प्रारम्भ गर्न लागेकोनगरप्रमुख रमेश महर्जनले बताउनु भएको छ ।
नगर सन्देश बुलेटिनअनुसार आधुनिक प्रविधिलाई आत्मासाथ गरी नगरबासीलाई प्रविधिको उपयोग गराउने उद्देश्यले यस इ-गभर्नेन्सको तयारीमा लागिएको बताउनु भएको हो ।
कीर्तिपुर नगरपालिकाको प्रायोजनमा सञ्चालित नेवाः एफ.एम.१०६.६ मेगाहर्जमा रेडियो शिक्षा कार्यक्रममा सहयोग गर्नु भएका शिक्षकहरूलाई साउन १ गते शुक्रवार कीर्तिपुर नगरपालिका भवनमा भएको एक कार्यक्रममा प्रशंसा पत्र प्रदान गर्नुहुँदै नगर प्रमुख महर्जनले सो कुरा बताउनु भएको हो ।
नगर प्रमुख महर्जनले यसका लागि कीर्तिपुरको आवश्यक विभिन्न ६५ स्थानमा फ्रि वाईफाई सेवा सञ्चालनको लागि काम भैरहेको समेत बताउनुभयो ।
स्थानीय तहमा इ-गभर्नेन्स सेवा सञ्चालन गर्ने कीर्तिपुर नगरपालिका सम्भवत पहिलो नगरपालिका हुने समेत नगर प्रमुख महर्जनले बताउनु भएको हो।

गत सालको लकडाउनदेखि शिक्षा शाखाका जुजुभाइ महर्जनको संयोजनमा रेडियो शिक्षा कार्यक्रस सञ्चालन भएको हो। उक्त कार्यक्रममा विभिन्न विद्यालयका ४७ जना शिक्षकहरूले एफ.एम.बाट सिकाइ सहजीकरण गर्नु भएको थियो।
इ-गभर्नेन्स भनेको विद्युतीय प्रविधिमार्फत सेवा प्रदान गर्ने तथा सो सेवा प्राप्त गर्ने आधुनिक प्रणाली हो ।
नगरपालिकाबाट प्रदान गरिने कुनै पनि सिफारिसका लागि अब नगरपालिका मै धाउनु पर्छ भन्ने हुँदैन, आफ्नै हातमा भएको मोबाइल वा कम्युटरमार्फत आवश्यक निवेदन दिन सकिनेछ र त्यसको सिफारिस पनि सोही माध्यमबाट आफ्नै कम्यूटर वा मोबाइलमा उपलब्ध हुनेछ।
यसरी आफूलाई प्राप्त सिफारिसहरू जुनसुकै स्थानमा पनि प्रिन्ट गरी लिन सकिने भएकोले सो सुविधा पश्चात नगरपालिकामा भौतिक उपस्थित भै समय खर्च गर्न नपर्ने नगर प्रमुख महर्जनको भनाइ रहेको छ।
यस सेवाको लागि सर्वसाधारणलाई सजिलै पहुँच पुऱ्याउन नगरका विद्यालयहरूलाई उपयोग गरी जनसम्पर्क बृद्धि गर्ने सोचाइ रहेको नगर प्रमुखमहर्जनले बताउनु भयो ।
नगरका विद्यालयहरूमा अहिले नै इन्टरनेट सुविधा भएकोले सर्वसाधारणहरूको सहजताका लागि विद्यालयमा सहयोगी टेबुल (हेल्प डेस्क) राखेर नगरपालिकको सेवा सुविधा सजिलै उपलब्ध गराउन लागिएको बताउनुभयो। नगरपालिकामा हाल नक्सा पास लगायत विभिन्न सूचनाहरू पनि सूचना प्रविधिमैत्री भैसकेका छन्।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


