मेट्रो संवाददाता
१० साउन २०७८ १४:४८
मेट्राेन्यूज / काठमाडाैं, साउन १० ।
नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ‘युथफोर्स’ काठमाडौं भ्याली कमाण्ड घोषणा गरेको छ ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलकाे प्रमुख आतिथ्यमा काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा युथ फोर्सका सेन्ट्रल कमान्डका सहकमान्डर पुष्पराज श्रेष्ठको अध्यक्षतामा भ्याली कमाण्ड घोषणा गरेका हुन् । श्रेष्ठको अध्यक्षतामा ११ सय १ सदस्यीय भ्याली कमाण्ड घोषणा गरेका हुन् ।
युथ फोर्स सेन्ट्रल कमान्डका संयोजक क्षितिज थेबेले समाज परिवर्तन र सरकारलाई खबरदारी गर्नका लागि युथ फोर्स गठन गरिएको बताए । युथ फोर्सले पार्टी एकता अभियानको पहल र स्वागत गर्ने उनको भनाइ थियो ।
युवाहरुको गरिमामय उपस्थिति भएकाे युथफोर्सले शभ्यताको पहिचान दिनुका साथै सामुहिक सहकार्यमा विस्वास राख्ने भएअनुसार भ्याक्सिन स्वयंसेवक परिचालन भैसकेको, सबैभन्दा धेरै वृक्षारोपण गर्ने र बिपद् परेकालाई सहयोग गर्ने पहिलो युवा संगठनका रहेको बताए ।

कमिटी घोषणा कार्यक्रम अन्तर्गत काठमाडौं क्षेत्र नं ८ बाट निसार उद्दिन, उद्दव खड्गी, किसन डंगोल, संजय शाही, कुमार खड्गी काठमाडौं क्षेत्र नं ९ बाट राम खड्गी,ओम महर्जन, बिक्रम महर्जन, राजन वि शि, विजय बलामी, भुपाल खड्का, श्यामकुमार तामाङ काठमाडौं क्षेत्र नं १० बाट सुरेन्द्र थापा, सुकुलाल तामाङ, विजय तामाङ, निरन्जन बस्नेत, प्रकाश तामाङ, मधु अधिकारी, प्रचण्ड बस्नेत, प्रसान्त तामाङ, आशिष् कार्की, संजिव महर्जन, मदन महर्जन, दिभाका खड्का, रजि बलामी, अनिल कार्की, सुमन महर्जन काठमाडौं उपत्यका युथफोर्स कमान्डरमा मनोनीत हुनुका साथै राष्ट्रिय युवा संघ नेपाल `युथफोर्स´ले हजारौं संख्यामा युवाहरुको मार्चपास गराएको थियो।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


