मेट्रो संवाददाता
१० साउन २०७८ ०:३४
मेट्राेन्यूज / काठमाडाैं, साउन ९ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बुद्ध ज्ञानमाला भजनलाई नेपाल भाषामा मात्र सीमित नराखी स्थानीय मातृभाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषामा समेत अनुवाद गरेर त्यसको महत्वलाई अझ फराकिलो बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
काठमाडौंको स्वयम्भूस्थित ज्ञानमाला भजन खलःलाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले यस्तो बताउनु भएको हो । ‘हामीले यसो हेर्दा नेवारहरु मात्र बुद्ध धर्म मान्ने, नेवार भाषा बोल्नेहरु मात्र बुद्ध धर्म मान्ने जस्तो लाग्नसक्छ । तर त्यस्तो होइन, अरु भाषा बोल्नहरु पनि बुद्ध धर्ममा छन्,’ उहाँले भन्नुभयो, ‘हामीले अहिले नेपाल भाषामा नेवार बस्ती भित्र मात्रै ज्ञानमाला भजन गाइरहेका छौं ।
यदि बाहिर कुनै गैर नेवार बस्तीमा कोही ज्ञानमाला भजन गाउने छन् भने हामीले सहयोग गर्ने हो कि ?’ शाक्यले आफूले ग्रहण गरेको ज्ञान अरुलाई राम्ररी सुनाउन सक्ने, प्रवचन दिन सक्ने अनुयायी भएको पनि बताउनुभयो ।
उहाँले गैर नेवार भाषामा पनि ज्ञानमाला पुस्तक निकाल्ने हो कि भन्दै त्यसको नेतृत्व गर्न महानगरपालिका तयार रहेको पनि बताउनुभयो । ‘यसका लागि हामीले सहयोग गर्न सक्छौं,’ उहाँले भन्नुभयो, ‘जहाँ जुन भाषाको बाहुल्यता छ, त्यहाँ त्यही भाषामा ज्ञानमाला गाउन हामीले सहयोग गर्न सक्छौ ।’
उहाँले ज्ञानमाला, बुद्ध धर्म भनेको नेवारहरुको मात्र नभई सबैको भएको पनि स्मरण गराउनुभयो । ‘बुद्धका अनुयायीहरु सबै छन्, हरेक विहारमा हे¥यौं भने हामीले बुद्धमूर्ति सहित दायाँबायाँ अर्को दुइटा मूर्ति पनि देख्न सक्छौं, मौद्गल्यान्ड र सारिपुत्रको मूर्ति । हामीले यी मूर्तिलाई पनि देउता भनि पुज्छौं, उहाँहरु पनि हामी जस्तै बुद्धका अनुयायी हुन् ।’
भगवान सबैका हुन भन्दै उहाँले भगवानको जात नहुने बताउनुभयो । ‘भिक्षुहरुलाई हेरौं उहाँहरुको कुनै जात हुँदैन । हामीले उहाँहरुको जात कहिल्यै सोध्दैनौं,’ उहाँले भन्नुभयो, ‘भिक्षु भइसकेपछि उहाँहरुको नाम पनि परिवर्तन भइसकेको हुन्छ ।
हामीले उहाँहरुलाई सम्मान गर्ने हो, बन्दना गर्ने हो । कोही भिक्षु कहाँबाट आएको हो, कस्को छोरा वा छोरी हो, कुन जातको हो, कुन परिवारको हो भनेर सोध्दैनौं । त्यस्तै हामीले ज्ञानमालालाई पनि अन्य विभिन्न भाषामा लानुपर्छ ।’ बहाःबही, विहार, आगम घर जस्ता सम्पदा पुनर्निर्माण महानगरपालिकाको प्राथमिकतामा सोही कार्यक्रमलाई सम्वोधन गर्दै महानगरपालिकाका प्रमुख शाक्यले आफूहरु संस्कृति संरक्षणमा लागिरहेको बताउनुभयो ।
‘पहिला–पहिला हरेक कामको गुथि हुन्थ्यो, हरेक गुथिको आयस्ताको लागि जग्गा जमिन हुन्थ्यो । त्यसैले संस्कृति संरक्षणको आवश्यक हुँदैनथ्यो,’ उहाँले भन्नुभयो, ‘तर अहिले धेरै गुथिको जग्गा जमिन हराएको छ, मासिएर गएको छ, कहाँ गयो पत्तो नै नभएको स्थिति छ ।
त्यसैले यस्ता गुथिहरुको आयश्रोत पनि मासिसकेको छ । त्यसको संरक्षण गर्नु हाम्रो दायित्व हो ।’ उहाँले पहिला–पहिला हरेक ठाउँमा आगम घर, आखा छेँ, त्वाः छेँ रहने गरेको भए पनि अहिले जमिन सबै हराइसकेकोले ती सम्पदाहरु जिर्णोद्धार नै हुन नसकिरहेको बताउनुभयो ।
‘हामी महानगरपालिकामा आइसकेपछि बहाःबही, विहार, आगम घर जस्ता सम्पदाहरु पुनर्निर्माण गर्ने नीति लिएका छौं,’ उहाँले भन्नुभयो, ‘यस्तो सम्पदा जीर्णोद्धार गर्नु पर्ने भए हामीलाई भन्नुस् भनिरहेका छौं । अहिले पनि धेरै ठाउँमा विहार, बहाःबही, आगम घर जिर्णोद्धार कार्य पनि गर्दै आइरहेका छौं ।’
उहाँले इन्द्रजात्रामा देखाइने किलागलको देवी नाच गुथिले जग्गा किनेपछि महानगरपालिकाले भवन बनाइदिएको स्मरण गराउनुभयो । त्यस्तै ज्याथाको प्रजापति खलः, फसिगां, मखन टोल, त्वाःखलः ओमबहाःकाहरुले जग्गा किनेपछि महानगरले भवन बनाइ दिएको पनि उहाँले स्मरण गराउनुभयो । १९९४ सालमा स्थापित ज्ञानमाला भजन खलःले आफ्नो स्थापनाकालदेखि नै स्वयम्भूमा भजनलाई निरन्तरता दिँदै आएको छ ।
राणाशासनदेखि लोकतान्त्रिक शासनसम्मको यात्राको साक्षी खलःले विभिन्न राजनीतिक उतारचढावमा पनि निरन्तर भजन गर्दै आएको छ । सम्बोधनका क्रममा कामपाका प्रवक्ता एवम् १५ वडाका अध्यक्ष ईश्वरमान डंगोलले भजनघरमा २०७६ सालमा भएको आगलागीको घटना सम्झँदै सो समयमा पनि कामपाले सक्दो सहयोग गर्ने प्रयास गरेको स्मरण गर्नुभयो । सोही कार्यक्रममा रामघाटका देवकाजी महर्जनको परिवारले भजनलाई प्रदान गरेको बुद्ध मूर्तिको समेत अनावरण गरिएको थियो । २ लाख ३४ हजारको लागतमा बुद्धमूर्ति निर्माण गरिएको थियो ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


