उपेन्द्र यादव पक्षलाई (जसपा)को आधिकारिकता

उपेन्द्र यादव पक्षलाई (जसपा)को आधिकारिकता

मेट्रो संवाददाता

११ साउन २०७८ २०:१०

मेट्राेन्यूज / काठमाडाैं, साउन ११ ।

निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ ।

जसपाको ५१ केन्द्रीय कार्यकारिणी समिति मध्ये उपेन्द्र यादवको पक्षमा ३४ सदस्य रहेकाले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिइएको निर्वाचन आयोगले जनाएको छ ।

उपेन्द्र यादवको पक्षमा ३४ कार्यकारिणी सदस्य, महन्थ ठाकुर पक्षमा १६ र १ जना तटस्थ रहनु भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जसपाका अध्यक्ष द्वय यादव र महन्थ ठाकुर पक्षबिच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई आज आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो ।

ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने पनि आयोगले फैसला गरेको छ । जसपाको आधिकारिकता विवाद निरूपणका लागि आयोगले आवश्यक कागजातसहित आयोगमा आज बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेको थियो । 

आयोगले जसपाको आधिकारिकता विवाद निरूपणका लागि इजलास गठन गरी यही साउन ३ देखि ७ गतेसम्म कानुनी बहस सकेर पार्टी एकीकरण हुँदाका समयमा पेस भएका कागजातसहित उपस्थित हुन आदेश दिएको थियो ।

जसपा सरकारका जान्छ: यादव

निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपा छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताउनुभएको छ । 

उहाँले आफ्नो पक्षमा बहुमत कार्यकारिणी सदस्य रहेको भन्दै पार्टी सरकारमा सहभागी हुने बताउनुभएको हो ।

जसपाको ठाकुर पक्षको संसदीय दलका नेता राजेन्द्र महतोले शोषण र उत्पीडनमा परेका जनताका लागि एक वर्षअघि पार्टी एकीकरण गरिएकामा आज विभाजनको अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै मधेसका मुद्दा र अधिकारका लागि जनताको साथ लिएर अघि बढ्ने बताउनुभयो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता