पशुपति क्षेत्रलाई स्वच्छ राख्न डष्टविन हस्तान्तरण

पशुपति क्षेत्रलाई स्वच्छ राख्न डष्टविन हस्तान्तरण

मेट्रो संवाददाता

२० साउन २०७८ २२:२५

काठमाडौं, २० साउन । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सफा, स्वच्छ र हराभरा राख्न साहना प्रधान स्मृति प्रतिष्ठान र कालीदल गणले पशुपति क्षेत्र विकास कोषलाई १०० वटा डष्टविन हस्तान्तरण गरेको छ ।

 कोषको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानको अध्यक्षसमेत रहनुभएकी सांसद रामकुमारी झाँक्री र गणका प्रमुख सेनानी जीतेन्द्र बानियाँ क्षत्रीले कोष सञ्चालक परिषद्का सदस्यद्वय आशा पाण्डे र उद्धव बडाल एवं कार्यकारी निर्देशक डा घनश्याम खतिवडालाई डष्टविन हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा सांसद झाँक्रीले कोभिडका कारण आफन्त एवं साथीभाइ गुमाएर पशुपति क्षेत्रमा फूल चढाउन आउँदा मास्क फाल्ने स्थानसमेत नभेटेपछि कोषलाई डष्टविन सहयोग गर्ने सोच आएको बताउनुभयो । कोरोना सङ्क्रमण उच्च भएर दिनमा १०० वटासम्म शव व्यवस्थापन नेपाली सेनाले गर्नुपरेकाले यसअघि ट्रलीसमेत दिइसकेको उहाँले सुनाउनुभयो ।

 सांसद झाँक्रीले पशुपति क्षेत्रमा प्रविधियुक्त शवदाह गृह निर्माणका लागि पनि सहयोग जुटाउन तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पशुपति क्षेत्रलाई बृहत् अन्तर्राष्ट्रिय गन्तव्यस्थलका रुपमा विकास गर्न मन्त्रालयले सहयोग गर्ने बताउनुभयो । धार्मिक, सांस्कृतिक पहिचान बोकेको पशुपति क्षेत्रको विकासका लागि आर्थिक एवं भौतिक सहयोग गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो ।

वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले सधैँ सफा, स्वच्छ र हराभरा राख्न सफाइ सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । कार्यक्रममा कार्यकारी निर्देशक खतिवडाले चार÷पाँच सय बाँदर, ४० हजार परेवा, सयौँको सङ्ख्यामा गाई र कुकुर, १७० मृगलगायत पशुहरु रहेकाले फोहर राख्ने डष्टविनजस्ता सामग्री सुरक्षित राख्नसमेत चुनौती रहेको बताउनुभयो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता