मेट्रो संवाददाता
२१ साउन २०७८ २२:५६

काठमाडौं, २१ साउन । कोरोना भाइरसको सङ्क्रमण आज एकैदिन तीन हजार ९३८ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १८ हजार ४०८ जनामा परीक्षण गर्दा तीन हजार ९३८ जनामा सङ्क्रमण देखिएको हो । हिजो (बुधबार) चार हजार १०७ जनामा देखिएको थियो ।
उपत्यकामा एक हजार ७५
काठमाडौँ उपत्यकामा एक हजार ७५ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ७६६, भक्तपुर १४६ र ललितपुरमा १६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै सङ्क्रमणबाट निको हुनेको सङ्ख्या विगत २४ घण्टामा दुई हजार १२ जना छ । अहिलेसम्म यो सङ्क्रमणबाट निको हुने छ लाख ६३ हजार ६६३ पुगेका छन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।
यस्तै विगत २४ घण्टामा ३७ जनाको यही सङ्क्रमणका कारण निधन भएको छ । अहिलेसम्म नौ हजार ९९४ जना निको भएको बताइएको छ । सक्रिय सङ्क्रमित ३४ हजार ४२२ जना रहेका छन् भने ३१ हजार १०८ जना होम आइसोलेशन, तीन हजार ३१४ जना संस्थागत आइसोलेशन र ३७५ जना क्वारेन्टिनमा रहेका छन् ।
मन्त्रालयका अनुसार ७१३ जना सघन उपचार कक्ष र १५८ जना भेण्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै विगत २४ घण्टामा एक लाख १७ हजार ७७९ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पहिलो मात्रा खोप ४३ लाख ५९ हजार २७७ जनाले र पूर्ण मात्रा खोप २१ लाख ३० हजार ९०० ले लगाएका छन् ।
RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


