मेट्रो संवाददाता
२६ साउन २०७८ १८:०९

चितवन, २६ साउन । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनले आज यहाँ पत्रकारसँग भर्चुअल माध्मबाट आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सो सम्बन्धी तथ्याङ्क सार्वजनिक गरिएको हो ।
कार्यालयका अनुसार गत फागुनमा ९६ जना सङ्क्रमित रहेकोमा क्रमशः बढेर वैशाखमा सो सङ्ख्या चार हजार १७७ पुगेको थियो । वैशाखमा निषेधाज्ञा गरिएसँगै सङ्क्रमितको सङ्ख्या क्रमशःघट्दै गएको थियो । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार वैशाख १५ गतेदेखि लागू गरिएको निषेधाज्ञाका कारण जेठमा सो सङ्ख्या घटेर तीन हजार ८८१ मा झरेको थियो । सो सङ्ख्या असारमा तीन हजार ४२ मा झरेको उहाँले जानकारी दिनुभयो । साउन महिनाको २४ गतेसम्म आइपुग्दा पुनः सङ्क्रमित बढेका छन् । साउनमा मात्रै तीन हजार ९५१ जना सङ्क्रमित भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार वैशाख महिनादेखि साउन २४ गतेसम्म ६६ हजार ३८४ जनाको पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणका क्रममा पाँच हजार ६०३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै एन्टिजेन विधिबाट सात हजार ७५९ को परीक्षण गरिएकोमा दुई हजार ७०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा रहेका विभिन्न अस्पतालमा उपचारका लागि आएका र लक्षण देखिएर परीक्षणका लागि आएकामध्येबाट सो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यहाँ सङ्क्रमित हुनेमध्ये सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका रहेका छन् । यस समूहका दुुई हजार ४१० जना पुरुष र दुई हजार ६४२ जना महिला रहेका छन् । अन्य उमेर समूहमा भने पुरुष धेरै सङ्क्रमित हुने गरेको तिवारीले जानकारी दिनुभयो ।
यस्तै ३० देखि ३९ वर्ष उमेर समूहको दोस्रो, ४० देखि ४९ उमेर समूहको तेस्रो र ५० देखि ५९ वर्ष उमेर समूहका चौंथो क्रममा रहेको सो अवसरमा जानकारी दिइयो । जिल्लामा बालबालिका र ८० वर्ष भन्दामाथिको उमेरका कम सङ्ख्यामा सङ्क्रमित हुने गरेका छन् ।

जिल्लामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका समयमा भन्दा खुकुलो भएको समयमा सङ्क्रमित स्थानीय तहमा बढेको छ । पूर्ण निषेधाज्ञाको समय अवधि वैशाख १५ गतेदेखि असार १४ गतेसम्म भरतपुर महानगरपालिकामा ६ हजार ३०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यस्तै खैरहनी नगरपालिकामा ४२७, माडी नगरपालिकामा ३६०, रत्ननगरमा ७२०, राप्तीमा ३१२, कालिका नरपालिकामा ३४६ र ईच्छाकामना गाउँपालिकामा १४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । निषेधाज्ञा खुकुलो भएसँगै असार १५ गतेदेखि साउन २४ गतेसम्म भरतपुर महानगरपालिकामा तीन हजार ६६४, खैरहनी नगरपालिकामा ४१३, माडीमा ४१६, रत्ननगरमा ५७२, राप्तीमा २७९ र कालिकामा २८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ईच्छाकामना गाउँपालिकामा निषेधाज्ञा खुकुलो भएसँगै ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । तिवारीका अनुसार जिल्लाको अस्पतालमा उपचारका क्रममा हालसम्म मृत्यु हुनेको सङ्ख्या ७८९ पुगेको छ । जसमध्ये ४३९ जना जिल्ला बाहिरका र ३५० जना जिल्लाभित्रका रहेका छन् ।
जिल्लामा मृत्यु हुनेमध्ये २८ जनाको होम आइसोलेशनमा मृत्यु भएको हो । अस्पतालमा ३२२ जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ । विसं २०७८ सालमा मात्रै जिल्लाका अस्पतालमा ५९९ जनाको मृत्यु भएको छ । ३६१ जना जिल्ला बाहिरका र २३८ जना जिल्लाका रहेका छन् ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कोरोना सङ्क्रमण बढेसँगै निषेधाज्ञामा कडाइ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण बढ्दै जाँदा निषेधाज्ञामा कडाइ गर्दै लगिएको छ । सबैले निषेधाज्ञाको नियम कडाइका साथ मान्ने हो भने नियन्त्रणमा सहज हुन्छ ।” जिल्लामा सङ्क्रमणको उच्च जोखिम रहेकाले अहिलेकै अवस्था भए भयावह हुनसक्ने उहाँको भनाइ थियो ।
स्थानीय प्रशासनले हरेक उपाय अपनाउँदा पनि अपेक्षाकृत सुधार हुन नसकेको उहाँले बताउनुभयो । बिरमीको चाप र सङ्क्रमितको अवस्था हेरेर अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।
RECOMENDED News
Latest News
Faircrown Review: Bonus, Zahlungsmethoden, Sicherheit & mobile App für deutsche Spieler
1. Überblick: Was ist Fair Crown Casino? 2. Registrierung & KYC – Schnell starten 3. Bonusangebote und Wettbedingungen 4....
१० वैशाख २०८३ १:२८ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


