मेट्रो संवाददाता
२७ साउन २०७८ २३:२९

भक्तपुर, २७ साउन । भक्तपुरको ऐतिहासिक नवदुर्गा देवगणको जात्रा र नाच सञ्चालनमा देखिएको अन्योल अन्त्य भएको छ । नवदुर्गा द्योछें (देवता घर)को नकीं (मुख्य महिला पुजारी) छनोटमा देखिएको विवाद सहमतिमा समाधान भएसँगै जात्रा र नाच सञ्चालनमा देखिएको अन्योल अन्त्य भएको हो ।
जात्रा सञ्चालनका लागि क्षमापूजा गरिने र जात्राका सबै विधिविधान र प्रक्रिया तत्काल थाल्ने सहमतिसमेत भएको छ । स्थानीय जनप्रतिनिधि तथा नवदुर्गा देवगणसँग सरोकार राख्ने विभिन्न समूहको संयुक्त प्रयासले मङ्गलबार नकीं छनोटमा देखिएको विवाद सहमतिमा समाधान भएको हो । सहमतिअनुसार नवदुर्गा द्योछेंको नकींमा इन्दिरा वनमाला नियुक्त हुनुभएको छ । नकींमा दाबी गर्ने हरिगोविन्द वनमालाको परिवारलाई अबको पाँचौँ वर्षमा नकींको पालो दिने सहमति भएको भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वःले बताउनुभयो ।
सहमतिअनुसार इन्दिरा वनमालाले उच्च अदालत पाटनमा दायर गरेको रिट फिर्ताका लागि हरिगोविन्द वनमालाको सहमतिमा मङ्गलबार नै निवेदन दिएको जनाइएको छ । नवदुर्गा द्योछेंमा मङ्गलबार साँझ सरोकारावाला सबै पक्षको सहभागितामा चार बुँदे सहमति भएको जानकारी दिँदै वडाध्यक्ष ज्याख्वःले भन्नुभयो, “आगामी दिनमा पनि यस्ता समस्या आए स्थानीयरूपमै समाधान गर्ने र प्रशासन वा अदालतमा नजाने सहमतिसमेत भएको छ ।”
सहमतिअनुसार यस वर्ष नकीं पालो परेका शेरबहादुर भन्ने श्रीबहादुर वनमालाको तर्फबाट नकीं नियुक्त इन्दिरा वनमालाले झौर पालो वर्ष २०८३ मा यस वर्षका अर्का दाबीकर्ता हरिगोविन्द वनमालाको परिवारलाई नकीं पालो दिने भएको छ । साथै हरिगोविन्दको नकीं पालोमा प्रत्येक ३६ वर्षमा एकपटक आउने इना पालोमा हरिगोविन्दले पाउने कि नपाउने भन्नेमा गोलाप्रथा गर्ने र हरिगोविन्दले पाउने भएमा हरिगोविन्द, श्रीबहादुर र जयमल वनमालाले प्रत्येक १२/१२ वर्षमा नकीं पालो चलाउने सहमति भएको छ । तर गोलाप्रथा गर्दा हरिगोविन्दले नपाउने गोला परेमा त्यस उप्रान्त हरिगोविन्दले कहिले पनि नकीं पालोमा दाबी गर्न नपाउने सहमतिसमेत भएको वडाध्यक्ष ज्याख्वःले बताउनुभयो ।
सहमतिपत्रमा भक्तपुर–७ का वडाध्यक्ष उकेश कवाँ, ९ का वडाध्यक्ष ज्याख्वः, वडा नं ९ का पूर्ववडाध्यक्ष कृष्णभक्त लवजू, विष्णुबहादुर मानन्धर, नवदुर्गा जात्रा व्यवस्थापन समितिका अध्यक्ष एवं इना पालो नायो वृजेश वनमाला, इन्द्रबहादुर वनमाला नायो झौर पालो, बुद्धिबहादुर वनमाला नायो क्वाठण्डौँ पालो, कृष्णकुमार वनमाला नायो क्वछें पालो, भैरवबहादुर वनमाला नायो क्वछें पालो, सूर्यबहादुर वनमाला नायो क्वाठण्डौँ पालो, हरिकृष्ण वनमाला, अमरकृष्ण वनमाला, नारायणमान वनमाला, देवगणगुरु दयाराम वनमाला, शिवभक्त वनमाला, वनमाला समाज सेवा समितिका अध्यक्ष आशाकाजी वनमाला, उपाध्यक्ष गोविन्द वनमाला, कोषाध्यक्ष तुल्सीरामा वनमाला, नवदुर्गा देवगण जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान वनमाला, रिट निवेदक हरिगोविन्द वनमाला, कृष्णराम वनमाला, कृष्णसुन्दर वनमाला र श्रीबहादुर वनमालालगायतले हस्ताक्षर गरेका छन् ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


