मेट्रो संवाददाता
२ भदौ २०७८ ९:१५

काठमाडौं, २ भदाै । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको आयोजनामा नेपाल आदिवासी चलचित्र महोत्सव हुने भएको छ । उक्त महोत्सवको लागि हालै चलचित्र समेत छनोट गरिएको छ ।
२७ औ विश्व आदिवासी जनजाति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले आयोजना गर्न लागिएको नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्ड–२०२१ को लागि गत आइतवार अमेरिकाको न्यूयोर्कमा भएको एक कार्यक्रमका विच सात वटा आदिवासी चलचित्र छनोट गरिएको हो ।
विभिन्न आदिवासी जनजातिको मातृभाषामा तयार गरिएको चलचित्र छनोट गरिएको छनोट समितिले जनाएको छ । उक्त महोत्सवको लागि मातृभाषाका पन्ध्र (१६) वटा चलचित्र सहभागि भएको भएपनि छनोट समितिले सात विभिन्न जातिको चलचित्र छनोट गरिएको जनाएको छ ।
चलचित्र छनोटको लागि सम्बन्धित भाषाको जातीय संघसंस्थालाई नै जिम्मेवारी दिइएको महासंघका महासचिव साथै महोत्सवका संयोजक समेत रहनु भएका नरेन्द्र थापाले जानकारी दिनु भएको छ । महोत्सवको लागि छनोट गरिएका सबै चलचित्रहरु नेपालस्थित आदिवासी जनजाति चलचित्र महासंघको कार्यालय मार्फट संकलन गरिएको थियो ।
महोत्सवमा नेपालभाषामा निर्मित ऐतिहासिक चलचित्र ‘जामनः गुभाजु’ गुरुङ भाषाको ‘मि न्होर्वै’, तामाङ भाषाको ‘प्रङ्ना’, मगर भाषाको ‘ट्याङ चालक’ लिम्बु भाषामा निर्मित ‘के’, राई भाषाको ‘सायाबुङ’ र ह्योल्मो भाषाको ‘मेताक’ चलचित्र छनोट गरिएको आयोजकले जनाएको छ ।
उक्त चलचित्र महोत्सव यही अगस्ट महिनाको २१ र २२ तारिखमा प्रदर्शन गरिने पनि आयोजकले जनाएको छ।

RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


