मेट्रो संवाददाता
१९ भदौ २०७८ १९:३२
काठमाडाैं, १९ भदाै । कांग्रेसमा नयाँ पुस्ता पार्टीमा नआएको गुनासो बढिरहँदा कर्णाली प्रदेशको दैलेखमा एक १९ वर्षीया युवती नेपाली कांग्रेसको वडा सभापति बनेकी छिन् ।
दैलेखको दल्लु नगरपालिका-३ मा शुक्रबार भएको वडा अधिवेशनबाट स्वस्तिका महत सभापति बनेकी हुन् ।
एउटी किशोरीले नेतृत्व लिने साहस देखाएपछि सबैले स्वस्तिकालाई सर्वसम्मत रुपमा वडा सभापतिको नेतृत्व मिलेको हो ।
१९ वर्ष पुगेकी स्वस्तिकालाई राजनीतिमा लाग्ने साेच वर्षदिन अगाडि मात्र आएको हो। ठीक त्यहीबेला कांग्रेसको १४ औं महाधिवेशन चलिरहेको थियो। स्वस्तिकाले राजनीतिमा आउने यही महाधिवेशन उपयुक्त हुने ठानिन्। र परिवारसँगै कांग्रेसजनमा आफ्नो इच्छा व्यक्त गरिन्।
सक्रिय राजनीति थालेको वर्ष भन्दा कम समयमै स्वस्तिका दुल्लु नगरपालिका वडा नम्बर ३ को सभापतिमा शुक्रबार निर्विरोध निर्वाचित भएकी छन्। सभापतिमा निर्वाचित भएपछि बुवाका अधुरा सपनाहरु पूरा गर्ने स्वस्तिकाको लक्ष्य छ।
‘सबै कुरा त थाहा छैन। अझै सिक्दैछु। अध्ययन गर्दैछु। विधि विधान हेर्दैछु,’ उनले भनिन्, ‘भर्खर सुरुवात गरेको छु। वडा सभापतिमा राम्रो काम गर्दै गए भविष्यमा अरु यात्रा पनि सहज होला। अहिले सबैलाई एकजुट बनाएर विकासका लागि अगाडि लैजाने सोचका साथ अघि बढेकी छु।’
स्वस्तिका दैलेख कांग्रेसका स्वर्गीय नेता भूपेन्द्र महतकी छोरी हुन् । भूपेन्द्र कांग्रेस जिल्ला उपसभापति भइसकेका व्यक्ति हुन् । कलिलै उमेरमा वडा सभापतिको नेतृत्व सम्हालेर उनले स्वर्गीय पिताको राजनीतिक यात्रालाई निरन्तरता दिएकी छन् ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


