मेट्रो संवाददाता
१९ भदौ २०७८ १६:४५

काठमाडाैं, १९ भदाै । काठमाडौं महानगर पालिका १७ वडा स्थित रहेको छत्रपाटी निशुल्क चिकित्सालयले अत्याधुनिक डिजिटल मेसिनबाट सेवा दिने भएको छ ।
नेपाल मेडिकल काउन्सिलका अध्क्षय तथा वरिष्ठ मुटुरोग बिशेषज्ञ डा. भगवान कोइरालाले आज चिकित्सालयमा उक्त एक्सरे मेसिनको उत्घाटन गर्नुभयो ।

डा. कोइरालाले नयाँ डिजिटल प्रणालीले स्वास्थ्य उपचारमा थप सहज र ब्यबस्थित हुने बताउनु भयो । चिकित्सकले पनि यो मेसिनको प्रयोगले आफुले त्रुटी गरे नगरेको अध्यन गर्न पाउने बताउनुभयो । उहाँले समुदाय संग जोडिएको यस्ता किसिमको चिकित्सालय उदाहरणीय भएको बताउनुभयो ।
चिकित्सालयका अध्यक्ष डा. मनोज मान श्रेष्ठले अन्य ठुला अस्पतालले हालै प्रयोग गर्न थालेको यस मेसिन आफ्नो चिकित्सालयले पनि प्रयोग गर्न सक्षम भएकोमा खुसि ब्यक्त गर्नुभयो । सामुदायिक अस्पतालहरु मध्ये छत्रपाटी निःशुल्क चिकित्सालयले पहिलो डिजिटल एक्सरे मेसिन प्रयोग भएको पनि बताउनुभयो ।
‘अहिले कोविडकाे समयमा हामीले यो अत्याधुनिक प्रणालीलाई जोड दिदै बिशेष प्राथमिकतामा राखेका हौ । यस दौरान अस्पताललाई नयाँ स्वास्थ्य सामग्री थप गरि वार्डहरु थप गर्न समेत सक्षम भएको छ।,’ डा. श्रेष्ठले बताउनुभयो, ‘दैनिक १०० सिलिन्डर क्षमतको अक्सिजन प्लान्ट समेत छिटै निर्माण हुन् लागीएकोमा यस्लाइ सुखद मान्नुपर्छ।’
यसै गरि काठमाडौँ महानगर पालिकाको २ करोड ५० लाख सहयोमा चिकित्सालयको नयाँ भवन बन्न लागेकाे डा .श्रेष्ठले जानकारी दिनुभयो । नयाँ एक्सरे मेसिन चिनिया मेंद्रे कम्पनिले निर्माण गरेको हो । मेंद्रे कम्पनीले यस अघि २ वटा यस्तै एनेस्थेसिया मेसिनलगायत स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


