मेट्रो संवाददाता
२६ भदौ २०७८ १८:३०

काठमाडाैं । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले २ सय १४ वर्ष पुरानो नासःद्यः मन्दिरको उद्घाटन गर्नुभएको छ ।
आफ्नो क्षेत्र भित्रका सबै सम्पदाकाे संरक्षण तथा पुनर्निर्माण गर्ने योजनाअनुसार नै काठमाडौं महानगरपालिकाले २१ वडाको सबल बहालमा रहेकाे परम्परागत नासःद्यःकाे पुनर्निर्माण गराइएको हो ।
महानगरपालिकाकाे सम्पदा संरक्षण र पुर्ननिर्माणको अभियानकाे निरन्तरताअनुसार पुनर्निर्माण भएकाे नासःद्यःकाे उद्घाटनपछिकाे कार्यक्रमलाई सम्वोधन गर्दै शाक्यले भन्नुभयो, ‘कला, संस्कृति र सम्पदाको संरक्षण र संर्वद्धनको अभियानमा हामी योजना बनाएर लागेका छौँ ।’
२०७२ सालको भूकम्पमा भत्केका काष्ठमण्डप, मठ मन्दिर, चैत्य, बहाललगायतका सम्पदा पुनर्निर्माणको अभियानमा काठमाडौं महानगरपालिकाका लागेको स्मरण गराउँदै
प्रमखु शाक्यले नासःद्यः उक्त क्षेत्रको ऐतिहासिक सम्पदा रहेको पनि बताउनुभयो ।
‘यो तल्लो भेगलाई तल नै परेको ठाउँ भनिन्थ्यो, तर अहिले यो ठाउँले विकास गरी माथि आइसकेको छ,’ उहाँले भन्नुभयो, ‘पहिले पहिले यो सबल बहालमा आउने मानिसहरू नाक थुनेर आउने गर्थे, अहिले आफूलाई सबल बहालको नागरिक भन्दा गर्व गर्न सक्ने अवस्था आएको छ । यसको गौरव अझ बढाउन हामीले आर्थिक समृद्धि गर्नुपर्दछ ।’
शाक्यले आर्थिक समृद्धि भयो रैथाने थातथलोको घर बेचेर अन्त जानु पर्ने अवस्था नआउने बताउनुभयो ।
‘यसको लागि सबैभन्दा पहिले घरको दाजुभाइहरू मिल्नु, त्यसपछि परिवार मिल्नु प¥यो,’ उहाँले भन्नुभयो, ‘त्यो भयो भने टोल र समाज पनि मिल्न सकिन्छ ।’
शाक्यले आफु यहि क्षेत्रको जनप्रतिनिधि भएकाले आफ्नो तहबाट विकासका लागि कुनै कमी हुन नदिने भन्दै प्रदेशमा यहि क्षेत्रका माननीय डाक्टर अजयक्रान्ति शाक्य मन्त्री हुनु भएको स्मरण गराउनुभयो । ‘प्रदेशबाट आवश्यक काम प्रदेश मन्त्रीले गर्नुहुन्छ,’ कार्यक्रममा उपस्थित पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठतिर संकेत गर्दै भन्नुभयो, ‘केन्द्रबाट पर्ने सहयोग उहाँबाट हुन्छ ।’
कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमन्त्री समेत रहनु भएका कृष्णगोपाल श्रेष्ठ २०७२ सालको भूकम्पमा भत्केको काष्ठमण्डप, मठ मन्दिर, चैत्य, बहालहरू जम्मै अहिले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको नेतृत्वमा पुनर्निर्माण भइसकेको बताउनुभयो ।
‘उहाँकै नेतृत्वमा काठमाडौंको भाषा बचाउन १ देखि ८ कक्षासम्म नेपालभाषामा पठन पाठन गराउने ऐतिहासिक कार्य भएको छ,’ श्रेष्ठले भन्नुभयो, ‘काठमाडौंमा अहिले आधुनिक दमकल, आधुनिक मेशिनहरू ल्याएर सरसफाइ गर्ने कार्यहरू भइरहेका छन् । मेयर विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा कति महत्वपूर्ण काम गर्नुभएको छ भन्ने कुरा यही सवल बहालको अवस्थालाई मात्रै हेरे पनि थाहा हुन्छ । अब ६ महिना पछि हुने चुनावमा यहाँहरूले उहाँको मूल्यांकन गर्नुपर्छ ।’
उहाँले सबल बहाल भनेको भूमिगत कालमा धेरै धेरै नै पार्टीहरूलाई सेल्टर दिएर, पालेर पठाएको ऐतिहासिक ठाउँ भएको पनि उहाँले स्मरण गर्नुभयो ।
नासः द्यः जिर्णाेद्धार कमिटीका अध्यक्ष लक्ष्मीनारायण पोडेले उक्त मन्दिर नेपाल संवत् ९२७ अर्थात् वि.संं. १८६४ मा निर्माण भएको भन्दै हाल जिर्ण भै भत्किने अवस्थामा पुगेकाले काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको आर्थिक सहयोग र कमिटीको सक्रियतामा जिर्णाेद्धार गरेको बताउनुभयो । कमिटीले दिएको जानकारीअुनसार महानगरपालिकाले ४८ लाख सहयोग गरेको थियो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


