मेट्रो संवाददाता
३१ भदौ २०७८ १९:४४
काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा पार्टीलाई यसपाली नेताहरूले नभइकन कार्यकताहरूले बचाएकाे भन्नुभएकाे छ । पार्टीलाइ कमजाेर बनाउन खाेज्ने तत्वहरू बाहिरीसकेकाेले अब नेकपा एमाले बाजा बजाएर मुल ढोकाबाट सिंहदरबार पस्ने बताउनु भयाे।
बिहीबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चुनावपछि एमाले मुल ढोकाबाट बाजा बजाएर सिंहदरबार पस्ने बताउनु भएकाे हाे ।
ओलीले अब माओवादी केन्द्र नाममा मात्र सिमित भएकाे बताउनुभयाे । औलीले भन्नुभयाे , ‘नेकपालाइ छाेडेर, एकीकृतलाइ छाेडेर, ठूलाे पार्टी नपचेकाे कारण पुष्पकमल दहाल सानाे प्रचण्ड गुट बनाउन बाहिर गएकाे हाे ।’
प्रचण्डगुटतिर जान नमानेर रामबहादुर थापा, टाेपबहादुर रायमाझी, लेखराज भट्टलगायतका थुप्रै नेताहरू नेकपा एमालेमा नै आवद्ध हुनुभएकाे बताउँदै उहाँले गुटबन्दी मात्रै गर्ने माधवकुमार नेपाल पार्टीमा आवश्यक नभएको बताउनुभयाे ।
‘अझै पनि हाम्रा केही कमरेडहरूले माधव कमरेड आउनुस् भन्दै हुनुहुन्छ । माधव नेपालको आवश्यकता किन ? म बुझ्दिन ।’, ओलीले भन्नुभयाे, ‘पार्टीमा छउञ्जेल माधव नेपालले कहिल्यै पार्टी र सरकारको पक्षमा बोलेको सुन्नुभयो ? फेरि किन आउने ? फेरि पार्टी फुटाउन ?’
कम्युनिष्ट पार्टीको सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाएर देश समृद्ध बन्नै नसक्ने उहाँले दावी गर्नुभयाे । एमाले सरकारबाट बाहिरिए पनि ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियान जारी रहेको उहाँले चर्चा गर्नुभयाे ।
अलोकतान्त्रिक शक्तिहरुलाई जोडेर नेता नेपालले व्यक्तिगत आकांक्षा, इर्स्या मेटाउन आम नेपालीहरूसँग खेलवाद गरी एमालेविरुद्ध षडयन्त्र गरेको ओलीले आरोप लगाउनुभयाे ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


