राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

मेट्रो संवाददाता

११ असोज २०७८ २२:००

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गर्नुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा, ११४ को उपधारा, २ को खण्ड (ख) बमोजिम राष्ट्रपतिले सो अध्यादेश खारेज गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । उनले जारी गरेक अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याका आधारमा दल विभाजन गर्न सक्ने व्यवस्था गरिएको छ ।

सरकारले गत साउनकाे ३२ गते सोमबार संसद अधिबेशन अन्त्य गर्दे भदाै १ गते मंगलबार राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेको थियो । अध्यादेशलाई राष्ट्रपति बिद्यादेबी भण्डारीले बुधबार प्रमाणीकरण गर्नुभएको थियो ।

अध्यादेश प्रमाणीकरण भए लगत्तै नेकपा एमाले बाट माधब कुमार नेपाल समूह र जनता समाजबादी  पार्टीबाट महन्थ ठाकुर समूहले नयाँ दल दर्ताका लागि निर्बाचन आयोगमा निबेदन पेश गरेका थिए। 

चलिरहेकाे संसदलाइ अन्त्य गरि अध्यादेशमार्फत ए‍ेन संसाेधन गरी एमाले र जसपा पार्टीलाइ फुटाएर नयाँ पार्टी गठन गराइ सरकारले बहुमत हासिल गरेका थिए ।

अध्यादेश खारेज भएपनि अध्यादेश मार्फत भएका काम कारवाही खारेज नहुने प्रावधानले गठबन्धन सरकारमा मन्त्री पद नपाउँदा फेरी पार्टी टुक्राउन प्रवल सम्भावना भएकाे हुनाले याे अध्यादेश खारेज गर्न लगाइएकाे देखिन्छ ।

संविधान संसाेधन गर्न दुइतिहाइ मत चाहिने हुनाले अध्यादेश मार्फत आफु अनुकूल ए‍ेन परिवर्तन गर्ने नजिर बसेकाे छ ।

अबदेखि कुनै पनि संविधान संसाेधन गर्नु परेमा जननिर्वाचित सदस्यहरूले संसदबाट प्रकृयागत रूपमा छलफल गर्नु नपर्ने गरी आफुले चाहे अनुरूप एेन संसाेधन गर्नसक्ने भएकाे छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता