स्थानीय पाठ्यक्रम लागू गर्दै सूर्यविनायक नगरपालिका

मेट्रो संवाददाता

११ असोज २०७८ १७:३०

भक्तपुर । सूर्यविनायक नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरपालिकाको पहिचानलाई विद्यालय तहदेखिनै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको हो । पाठ्यक्रम निर्माण पछि अन्तिम रुप दिएर त्यसलाई कार्यान्वयमा ल्याउने तयारी भइरहेको स्थानीय पाठ्यक्रम निर्माण तथा सहजीकरण समितिका संयोजक किरण थापाले जानकारी दिए ।

चालू शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्म र आगामी शैक्षिक सत्रमा ६ देखि ८ कक्षासम्म स्थानीय पाठ्यक्रम लागू गर्ने गरिने उल्लेख गर्दै उहाँले यसै साताभित्र सरोकार व्यक्तिसँग छलफल गरेर पाठ्यक्रमलाई अन्तिमरुप दिइने बताए ।

“नगरपालिकाले सूर्यविनायक क्षेत्रमा दसँैपछि भौतिक रुपमा विद्यालय सञ्चालन गर्न अनुमति दिएकाले कक्षा सञ्चालन हुँदा विद्यार्थीले स्थानीय पाठ्यक्रम पढ्न पाउन छन्”, नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं ७ का वडाध्यक्ष थापाले भने, “सूर्यविनायक नगरपालिका भक्तपुरको नयाँ नगरपालिका हो, त्यसैले सुरुका दुई वर्ष ऐन कानून निर्माण, नगरपालिकाको व्यवस्थापन र विकास निर्माणमा केन्द्रीत भयौँ, त्यसपछि दुई वर्ष कोभिडले पाठ्यक्रम निर्माणमा छलफल गर्ने वातावरण नै भएन, बल्ल अलि सहज भएपछि पाठ्यक्रम निर्माण सकेर लागू गर्न खोजेका हौं ।”

कक्षा १ देखि ५ सम्म लागू हुने स्थानीय पाठ्यक्रममा स्थानीय १४ विषयवस्तु समावेश गरिएका छन् । नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेलले दसँै अगाडि नै पाठ्यक्रमलाई अन्तिम रुप दिएर सार्वजनिक गर्ने र दसैँपछि कक्षा कोठामा कडाइका साथ कार्यान्वयनमा ल्याउने गरी नगरपालिकाले तयारी गरेको बताउनुभयो । उनले स्थानीय पाठ्यक्रमलाई प्रयोगात्मक ढङ्गले अगाडि बढाइने जानकारी दिए ।

नगरपालिकाको शिक्षा शाखा अधिकृत सरस्वती कोइरालाले कक्षा १ देखि ५ सम्म ‘हाम्रो सूर्यविनायक’ नाम दिएर पाठ्यक्रम निर्माण गरिएको जानकारी दिनुभयो । उनका अनुसार पाठ्यक्रममा नगरपालिकाको भूगोल, जनसङ्ख्या, प्राकृतिक सम्पदा, स्थानीय जातजाति, वेषभूषा, व्यक्तित्व, जनसङ्ख्या र प्रमुख धार्मिक सम्पदाका साथै स्थानीय चाडपर्व, बोलीचाली,बाजागाजा, नाच, लोक संस्कृति, धर्म, संस्कार, रहनसहनलाई समेटिएको छ । यसैगरी कृषि, पर्यटन, पेशा, व्यवसाय, खेल, जडीबुटी, सडक, योग, हरित विद्यालयजस्ता विषय पनि पाठ्यक्रममा राखिएको छ ।

आधारभूत कक्षासम्म स्थानीय विषयवस्तु र पहिचानलाई व्यवहारिक शिक्षाको रुपमा लैजाने र कक्षा ६ देखि ८ कक्षासम्म स्थानीय पेशा, ज्ञान, सीप र प्रविधिलाई जगेर्ना गर्दै सीप दिने गरी लैजाने लक्ष्य रहेको अधिकृत कोइरालाको भनाइ थियो ।

सामुदायिक अनुसन्धान केन्द्रका उद्धवप्रसाद प्याकुरेलले पाठ्यक्रम निर्माणमा प्राविधिक सहयोग गर्नुभएको र पाठ्यक्रम विकास केन्द्रका अधिकृत खिलानाथ धमलाले विद्यालयका प्रधानाध्यापक र सरोकार निकायलाई स्थानीय शिक्षाबारे जानकारी गराएको थियो ।

स्थानीय तह सरकार सञ्चालन ऐन, २०७४ लागू भएपछि स्थानीय तहहरुले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यन्वयन गर्दै आएका छन् । जिल्लाका चार नगरपालिकामध्ये भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम ‘ख्वपःको पहिचान’ भाग–१ र २ प्रकाशन गरी कार्यान्वयनमा ल्याएको थियो ।

उक्त पुस्तकमा ख्वपःको संस्कृति, सम्पदा, इतिहास, जीवनशैली, रैथाने व्यवसाय, सीप र प्रविधि, परम्परागत खेल, वेषभूषा, भाषा र लिपी, पर्यटन, विभिन्न व्यक्तित्वका बारेमा चर्चा गरिएको छ ।

त्यसैगरी चाँगुनारायण नगरपालिकाले कक्षा ६, ७ र ८ मा ‘हाम्रो चाँगुनारायण’ पाठ््यक्रम कार्यान्वयनमा ल्याइसकेको छ । पाठ्यक्रममा स्थानीय परम्परा, संस्कृति, रीतिरिवाज, सम्पदा, चाडपर्व, सामाजिक व्यवहार, पेसा÷व्यवसाय, वातावरण संरक्षण, आर्थिक गतिविधि, स्थानीय प्रविधिलगायत विषयवस्तु समेटिएको छ ।

मध्यपुरथिमि नगरपालिकाले पनि ‘मध्यपुरथिमि म्हसिका’ ९मध्यपुर थिमि परिचय० नामक पाठ्यक्रम कार्यान्यनमा ल्याइसकेको छ ।

सूर्यविनायकले स्थानीय पाठ्यक्रम लागू गरेपछि जिल्लाका चारवटै पालिकामा स्थानीय पाठ्यक्रम हुने भएको छ

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता