दुई पालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू

दुई पालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू

मेट्रो संवाददाता

१३ असोज २०७८ ८:००

लमजुङका दुई स्थानीय तहले विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छन् । स्थानीय परिवेशलाई समावेश गर्दै मस्र्याङ्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकाले १ देखि ५ कक्षासम्मका लागि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएका हुन् ।

स्थानीय पाठ्यक्रममा स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोतसाधन तथा स्थानीय परिवेश अनुकूल र विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिको चिनारीका विषयलाई जोड दिइएको नगरप्रमुख रमेशकुमार पाण्डेले जानकारीदिनुभयो ।

उहाँले भन्नुभयो,“पाठ्यक्रममा पालिकाभित्रका ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, वनजङ्गल, जडीबुटी, कृषि, अन्य विविधता समेटिएको छ ।” स्थानीय पाठ्यक्रम निर्माणका लागि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसहित शिक्षा शाखाका प्रमुख र दुई स्थानीय शिक्षकसहित पाँच सदस्यीय समिति गठन भएको थियो ।

पाठ्यक्रम तयार पार्न प्रधानाध्यापक, अभिभावक, राजनीति सङ्गठनका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जनप्रतिनिधिबाट सुझाव सङ्कलन गरिएको र सोही आधारमा विषयलाई पनि प्राथमिकता दिएको नगरप्रमुख पाण्डेको भनाइ छ । सरोकारवालाको सुझावका आधारमा पाठ्यक्रममा उत्पादन र जीविकोपार्जनका विषयलाई मुख्य प्राथमिकता दिएको छ ।
स्थानीय स्रोतसाधनको परिचालन, जीविकोपार्जनको सम्भावना तथा धर्म संस्कृतिको प्रवद्र्धन, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान दिएका व्यक्तिका चिनारीका विषयवस्तु समावेश गरिएको नगरपालिकाले जनाएको छ ।

विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले मध्यनेपाल नगरपालिकाका साथै समग्र जिल्लाको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा सहयोग पुग्ने बताइएको छ ।

मस्र्याङ्दी गाउँपालिका शिक्षा शाखा प्रमुख देवराज पौडेलले भन्नुभयो, “लागू गरिएको स्थानीय पाठ्यक्रममा गाउँपालिकाको रहनसहन, वेशभूषा, ऐतिहासिक, पर्यटकीयस्थल, संस्कृति, विशिष्ट व्यक्तित्वको चिनारी समावेश गरिएको छ । यहाँका विद्यार्थीलाई भूगोल, संस्कार, संस्कृति, रीतिरिवाजलगायत सम्बन्धी थाहा हुने भएकाले यस पाठ्यक्रम महत्वपूर्ण हुने उहाँको भनाइ छ ।” पालिकाभित्र ५५ विद्यालय छन् ।

मध्यनेपालका शिक्षा शाखा प्रमुख श्रीप्रसाद भट्टराईका अनुसार आफ्ना पालिकाभित्र ५० विद्यालय रहेको र कक्षा १ देखि ५ सम्म तीन हजार ५०० जनाका हाराहारीमा विद्यार्थी छन् । संविधानले आफ्नो मातृभाषामा शिक्षा प्राप्त गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ ।

यसैगरी राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा पनि कक्षा १ देखि ८ सम्म स्थानीय विषय पढाउन सकिने प्रावधान छ । यहाँ आठ स्थानीय तह रहेकोमध्य दुई पालिकाले मात्र स्थानीय पाठ्यक्रम लागू गरेका छन् ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता