‘माया पिरेम’ मा उत्कृष्ट टिकटक बनाउनेलाई १ लाख पुरस्कार

‘माया पिरेम’ मा उत्कृष्ट टिकटक बनाउनेलाई १ लाख पुरस्कार

मेट्रो संवाददाता

४ कार्तिक २०७८ ०:५८

कलाकार देलविस दर्शनधारी र राज तुम्बाहाम्फेले डेब्यु गरेको माया पिरेम बोलको गीतको म्यूजिक भिडियोमा टिकटक प्रतियोगिताको समय अवधि बढाइएको छ । करीब एक हप्ता अगाडि युट्युबमा सार्वजनिक भएको अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित गीत ‘माया पिरेम’ यतिबेला लोकप्रिय भईरहेको छ । 

ट्री इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो गीतको भिडियोलाई युट्युबमा २१ लाख भन्दा बढी पटक हेरिएको छ । गीतको सफलतासँगै निर्माण टिमले गीतमा टिकटक प्रतियोगिताको आयोजना गरेको हो । 

टिकटक प्रयोगकर्ताहरुको अनुरोधमा ट्री ईन्टरटेन्मेन्टले प्रतियोगिताको समय अवधि बढाएको छ । अब २०७८ कात्तिक ५ (२२ अक्टोबर २०२१) बाट २०७८ कात्तिक २२ (८ नोवेम्वर २०२१) सम्मको अवधि थप गरिएको छ । यो अवधिसम्म टिकटक बनाउन सकिने छ । 

टिकटकमा ट्री इन्टरटेन्मेन्टको यूट्यूबमा गीतको क्लिपहरु राखिएको छ । प्रतियोगीहरुले आयोजकले दिएको विभिन्न ह्यास्ट्या प्रयोग गर्दै आफ्नो भिडियो बनाउनु पर्नेछ । प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोस्रो ५० हजार र तेश्रो हुनेले २५ हजार प्राप्त गर्ने छन् ।

त्यस्तै, उत्कृष्ट १० जनाले नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जसको सबै भन्दा बढी भ्यूज र लाईक आउँछ उसैलाई विजेता घोषणा गरिनेछ । प्रतियोगीले गीतको धेरै भन्दा धैरै टिकटक बनाउन सक्नेछन् जसले गर्दा प्रथम हुन सहयोग मिल्नेछ । 

सबै भिडियोको भ्यूज र लाईकलाई आधार बनाई बिजेता घोषणा गरिने छ । प्रतियोगीले धेरै भिडियो बनाउनु पर्नेछ । माईकल चन्दले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेको भिडियोमा विश्व नेपाली र अस्मिता परियारको स्वर रहेको छ । 

डिपी खनालले लेखेको गीतलाई शंकर स्माईलले संगीत भरेका छन् । संगीत संयोजन उदय राज पौडेलले गरेका छन् । शिलन लम्सालको सम्पादनमा रहेको भिडियोमा सम्राज्ञी शाहसंगै एलिशा शर्माको फिचर गरिएको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता