चाडपर्वले समाजलाई सहअस्तित्वको बाटामा अघि बढाउन अभिप्रेरित गरून् : अध्यक्ष नेपाल

चाडपर्वले समाजलाई सहअस्तित्वको बाटामा अघि बढाउन अभिप्रेरित गरून् : अध्यक्ष नेपाल

मेट्रो संवाददाता

२० कार्तिक २०७८ १४:०३

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तिहार र नेपाल संवत्जस्ता चाडपर्वले सामाजिक सद्भाव एवं भ्रातृत्वका साथ राष्ट्रिय एकता कायम गर्न सबैलाई अभिप्रेरित गरून् भन्ने कामना गर्नुभएको छ ।

यसवर्षको तिहार र नेपाल संवत्का उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उहाँले तिहारले आपसी सम्मानभावका लागि अनुपम सन्देश दिएको जनाउनुभएको छ ।

पूर्वप्रधानमन्त्री नेपालले तिहार र नेपाल संवत्ले खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्दै एकापसको सम्मान एवं एकतामा जोड दिएको उल्लेख गर्नुभएको छ ।

यी चाडपर्वले समाजलाई सहअस्तित्वसहितको असल बाटामा अघि बढाउन हामी सबैलाई अभिप्रेरित गरून् भन्दै अध्यक्ष नेपालले सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता