एनओसी अध्यक्ष जिवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ दुवई प्रस्थान

एनओसी अध्यक्ष जिवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ दुवई प्रस्थान

मेट्रो संवाददाता

३ मंसिर २०७८ १७:३९

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष तथा संघिय सांसद जिवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ दुवई प्रस्थान गरेका छन् ।

यूएईको दुवईमा आयोजना हुने ४० औं ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए)को महासभामा भाग लिन उहाँहरु त्यसतर्फ प्रस्तान गर्नुभएको हो । आइतबार आयोजना हुने ओसिएको महासभामा विभिन्न देशका शहरहरुमा आयोजना हुने आगामी एशियाली खेलहरुका बारेमा छलफल तथा प्रस्ततिकरण हुने जनाइएको छ ।

४० औं महासभामा चिनको ह्याङझाउमा सन २०२२, जापानको आइची–नागोया २०२६, कतारको दोहा २०३० र साउदी अरवको रियाद २०३४ मा हुने एशियाली खेलका आयोजकहरुले प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ भने महासभामा एशियामा ओलम्पिक आन्दोलनका बारे समेत विशेष छलफल हुने एनओसीका महासचिव श्रेष्ठले बताउनु भएको छ ।

त्यसै गरी महासभामा २०२२ मा अन्य दुई खेलहरूको आयोजकहरूबाट प्रगति प्रतिवेदनका बारे समेत छलफल हुने छ । आगामी मार्चमा बैंकक र चोनबुरीमा छैठौं एसियाली इन्डोर र मार्सल आर्ट खेलहरू र डिसेम्बर २०२२ मा चीनको शान्ताउमा तेस्रो एसियाली युवा खेलहरू आयोजना हुँदैछन् ।

एनओसीका अध्यक्ष र महासचिव श्रेष्ठद्वय सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...

९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता