राष्ट्रपति भण्डारीबाट ज्ञानमाला भजन घर उद्घाटन

राष्ट्रपति भण्डारीबाट ज्ञानमाला भजन घर उद्घाटन

मेट्रो संवाददाता

४ मंसिर २०७८ १८:१५

०७२ सालको भूकम्प र ०७६ सालको आगलागीले क्षति पुगेको भजन घर करीव २ करोड लागतमा पुननिर्माण

ज्ञानमाला भजनघरकाे उद्घाटनपश्चात सम्बाेधन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी।

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानमाला भजन घरको उद्घाटन गर्नुभएको छ । स्वयम्भू चैत्य परिसरमा रहेको भजन घरको आज राष्ट्रपति भण्डारीले आज उद्घाटन गर्नुभएको हो ।  यस ठाउँमा ने. सं. १०५७ (वि. सं. १९९४) साल देखि नियमित भजन हुँदै आएको छ ।

कोविड महामारी नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दीका समयमा पनि कुनै न कुनै रुपमा भजनलाई निरन्तरता दिइएको थियो ।

उद्घाटनपछिकाे मन्तब्यकाे क्रममा राष्ट्रपति भण्डारीले मौलिकतालाई बचाए मात्र पहिचान जोगिने बताउनुभयो । सांस्कृतिक गतिविधिमा महिलाहरुको सहभागिता बढ्नु सकारात्मक भएको उल्लेख गर्दै राष्ट्रपतिले, सर्बै सहभागी भएर सम्पदा बचाउनु पर्नेमा जोड दिनुभयो ।

कृषिप्रदान देश भइकनल पनि कृषिजन्य बस्तुमा आत्मनिर्भर हुन नसकेकाे बताउँदै राष्ट्रपति भण्डारीले प्राकृतिक सम्पदा र स्राेतले भरीपुर्ण देश भइकनपनि आम नागरिककाे समुन्नतिकाे लागि आवश्यकता अनुसार प्रयाेग गर्न सकिरहेकाे छैन भन्नुभयाे ।

उहाँले बढ्दाे व्यापार घाटाका कारण देश परनिर्भतामा गइरहेकाे हुनाले आत्मनिर्भरता हुनु पर्नेमा जाेड दिनुभयाे ।

नविकरणीय उर्जाको प्रसङ्ग उठाउँदै राष्ट्रपतिले भन्नुभयो, ‘पेट्रोलियम पदार्थको प्रयोग घटाएर वैकल्पिक उर्जाको प्रयोग बढाउनु पर्छ । विद्युतीय गाडीलाई प्रोत्साहित गरौँ । यसले प्रदुषण घटाउँछ र सहरी सुन्दरता बढाउँछ ।’ उपत्यकामा बायु प्रदुषण घटे सम्पदाको सुन्दरतामा निखार आउने, राष्ट्रपतिको भनाइ थियो ।

राजनीति गर्नेहरुलेजस्तै ज्ञानमाला भजन खलःले जहानियाँ शासनका समयमा भजनमार्फत राजनीतिक परिवर्तनका लागि योगदान दिएको थियो । समारोहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, व्यक्तिलाई परिवर्तनप्रति सजग गराएसँगै बुद्धवाणीलाई भजनमार्फत जनमानसमा जीवित बनाउने खलको कामको प्रशंशा गर्नुभयो ।

कुनै बेला नेपाल भाषामा भजन गाउँदा, शासकले नबुझेको भनेर भजन गाउनेलाई पक्राउ गरेको प्रसङ्ग जोड्दै प्रमुख शाक्यले, खलले राजनीतिक परिवर्तन र स्थानीय भाषाको प्रवर्धनमा योगदान गरेको बताउनुभयो । ‘स्थानीय नेपाल भाषालाई प्रवर्धन गर्न स्थानीयबाट आएको मागलाई सम्बोधन गर्न काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ््यक्रमका रुपमा नेपाल भाषालाई पठन पाठनमा ल्याएको छ । यो महत्वपूर्ण काम हो ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘कुनै कामको मात्रा ठूलो या सानो भनेर हेर्नुभन्दा प्रभाव वा महत्व कति छ भनेर हेर्नु पर्छ ।’

भजन घरको पुननिर्माण भएसँगै बर्षौंदेखि चलिआएको चलनले निर्वाध निरन्तरता पाउने भएपछि स्थानीयमा खुशी छाएको छ । भजन खलका उपाध्यक्ष पूर्णकाजी ज्यापूले खुशी व्यक्त गर्नुभयो । भजन घरलाई व्यवस्थित गर्न काठमाडौँ महानगरपालिकालाई अभिभावकीय भूमिकामा पाएपछि आफूहरु समस्यामुक्त भएको खलका अध्यक्ष तीर्थनारायण महर्जनले धारणा राख्नुभयो ।

महानगरले गएको साउन ९ गते भजनको अक्षय कोषका लागि २० लाख रुपैयाँ प्रदान गरेको छ । कोषको रकमबाट प्राप्त हुने व्याजबाट धार्मिक तथा सामाजिक काम गर्ने, भजन घरलाई आवश्यक पर्ने बाद्य सामग्री खरिद गर्ने, भजनमा आउने भक्तलाई जलपान गराउनेलगायत काम हुनेछन् ।

०७२ को भूकम्पबाट जीर्ण घरमा ०७६ सालमा आगलागी भएको थियो । त्यसपछि पुरातत्व विभागले घरलाई अन्यत्र स्थानान्तरण गर्ने प्रयास गरेको थियो । महानगरको वडा समिति र स्थानीयको यथास्थानमा पुनस्र्थापना गर्ने मागपछि पहिलेकै ठाउँमा घर बनेको हो ।

बाहिरबाट हेर्दा २ तला देखिने घर भित्रबाट ५ तलाको छ । यसको पुननिर्माणका लागि करीब २ करोड रुपैयाँ खर्च भएको छ ।

भजन घर स्वयम्भू स्तुपसँगै छ । पाका मानिसहरुलाई उकालो चढेर यहाँसम्म पुग्न नसक्ने भएपछि यस्ता जेष्ठ नागरिकलाई भुइँखेलमा भजन सुन्ने र हेर्ने व्यवस्थाका काम गर्नुपर्ने खलःका अधिकारीहरुको भनाइ छ ।

कार्यक्रम भजन घर निर्माण गर्न सहयोग गर्ने महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, पूर्वमन्त्री तीर्थराम डंगोल, पुरातत्व विभागका पूर्व महानिर्देशक भेषनारायण दाहाल, खलका पदाधिकारीसहितका व्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता