समाजवादी आम जनताको हित गर्ने पार्टी हो : नेता नेपाल

समाजवादी आम जनताको हित गर्ने पार्टी हो : नेता नेपाल

मेट्रो संवाददाता

११ मंसिर २०७८ २१:४९


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरूको पार्टी मुलुकका आम जनताको हित गर्ने पार्टी रहेको बताउनुभएको छ ।

गोदावरी नगर कमिटी घोषणा तथा शपथग्रहण कार्यक्रममा आज बोल्दै उहाँले समाजवादी अन्याय र अत्याचारका विरुद्धमा परेका जनताको हितमा सदैव लड्ने पार्टी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्रोहको जगमा निर्माण भएको यस पार्टीले सबै परिवर्तनकारी प्रगतिशील र कम्युनिष्ट पार्टीहरूलाई गोलबद्ध गर्दै बृहत कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्नेछ ।” समाजवादी गरिब तथा सर्वहारा जनताको हित गर्ने पार्टी रहेको बताउँदै भेदभाव समाप्त पार्ने दाबी गर्नुभयो ।

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एमालेमा विचार र निष्ठा कम हुँँदै भएको आरोप लगाउनुभयो । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइन्चार्ज अमृत तिमल्सिनाले कम्युनिष्ट पार्टी बुझेर एमालेमा लागेकाहरू भीडको पछि लागेर राजनीतिक आत्महत्या गर्नुभन्दा कम्युनिष्ट आन्दोलन जोगाउन एकीकृत समाजवादीमा आकर्षित भएको धारणा राख्नुभयो ।

कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा महालक्ष्मी नगरपालिकाका उपप्रमुख निर्मला थापाले स्वच्छ र पारदर्शी भई देश विकास र जनताको सेवामा जुटेका जनप्रतिनिधि एकीकृत समाजवादीमा रहेको दाबी गर्नुभयो । आज आयोजित कार्यक्रमबाट ठाकुर घिमिरेको अध्यक्षतामा ७५ सदस्यीय कमिटीको घोषणा तथा शपथग्रहण सम्पन्न भएको छ ।

सो कमिटीका उपाध्यक्षमा पूर्ण तण्डुकार र सजना महर्जन रहनाका साथै सचिवमा राजन महर्जन र उपसचिवमा नवीन महर्जन, शारदा घिमिरे दुलाल र रुदिना महर्जन रहनुभएको छ । सो कार्यक्रममा नगर कमिटीको तत्काल बैठक बसी स्थानीय विकास तथा जनताको सेवामा पार्टी पङ्क्ति परिचालित हुने र भ्रष्टाचार ढिलासुस्ती तथा अपारदर्शिता विरुद्धमा पार्टी अभियान केन्द्रित गर्ने बताइएको थियो ।

कार्यक्रममा स्थायी कमिटी सदस्य तथा केन्द्रीय निर्वाचन आयोग प्रमुख माधव पौडेल, एकीकृत समाजवादीका केन्द्रीय सदस्य उमेश शर्मा, सरला केसी, राधा सिलवाल, जिल्ला अध्यक्ष हरिकृष्ण थापा, केन्द्रीय परिषद् सदस्य रामसिंह महर्जन, रामशरण बस्नेत, अनुशासन आयोगका सदस्य रामकुमार वान्तवा, केन्द्रीय सल्लाहकार मीरा थामीलगायतका नेताहरूको उपस्थिति थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता