सम्पदा र संस्कृतिको संरक्षणमा ज्यापु समुदायको अमूल्य योगदान : प्रधानमन्त्री

सम्पदा र संस्कृतिको संरक्षणमा ज्यापु समुदायको अमूल्य योगदान : प्रधानमन्त्री

मेट्रो संवाददाता

१२ मंसिर २०७८ ११:५१

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा आदिवासी जनजाती ज्यापु समुदायको अमूल्य योगदान रहेको बताउनुभयो ।

१८ औं ज्यापु दिवस समारोह समितिको परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु)कार्यक्रममा उहाँ यस्तो भन्नुभएको हो ।

निमन्त्रणा दिन पुगेका ज्यापु समुदायलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री देउवाले विभिन्न समुदायले आफ्नो भाषा, भेष–भुषा, सम्पदा, संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो ।

यहि आउँदो पुष ४ गतेका दिन बसन्तुपुरमा भव्यकासाथ मनाउन गइरहेको ज्यापु दिवसमा सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख आतिथ्यताका लागि निमन्त्रणा स्वरुप बाजागाजासहति माटोको भाँडोमा चामल, चाँदीको सिक्का र सिंगो सुपारी राखी कोषका अध्यक्ष मंगलकृष्ण सिंले परम्परागतरुमा निमन्त्रणा दिनुभएको थियो ।

ज्यापु दिवसको निमन्त्रणा दिन आयोजक ज्यापु संस्कृति विकास कोष तथा संयोजक गोफः त्वाः माकः गल्ली ज्यापु समाजका पदाधिकारीहरु आज प्रधानमन्त्री निवास पुगेका थिए ।

तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको कार्याकालमा नेपाल सरकारबाट आर्थिक वर्ष २०५७/५८ मा ज्यापु समुदायको बाजा संरक्षणको लागि प्राप्त १२ लाख ६० हजार रुपियाँ अक्षयकोषबाट ज्यापु संस्कृति विकास कोषको स्थापना भएको थियो ।

यसैक्रममा ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले हरेक वर्ष सार्वजनिक विदा दिंदै आइरहेको यःमरिपुन्हि/ज्यापुदिवसको पर्व विदा विगत दुईवर्षदेखि सम्बन्धित जातिलाई मात्र दिने निर्णयलाई सार्वजनिक विदामा परिणत गर्नको लागि सम्माननीय प्रधानमन्त्रीको समक्ष अनुरोध गर्नुभएको छ ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता