मेट्रो संवाददाता
१२ मंसिर २०७८ १२:२१

कीर्तिपुर नगरपालिका द्वारा नेपाल संवत् ११४२ को उपलक्ष्यमा आयोजित कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को दोश्रो (काराओके) राउण्ड शुक्रबार सम्पन्न भयो ।
नेपालभाषा एकेदेमि हलमा भएको सो प्रतियोगितामा १८ जना सहभागी प्रतियोगीहरूले आ–आफ्नो प्रस्तुती दिनुभएको थियो ।
कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्य तथा लेखाशाखा प्रमुख प्रविणजङ्ग शाहीको आतिथ्यमा सम्पन्न कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन र उप–प्रमुख सरस्वती खड्काले भिडियो सन्देशमार्फत प्रतियोगीहरूलाई शुभकामना दिनुभएको थियो ।

यस काराओके राउण्डबाट अब उत्कृष्ट दश स्थान (टप टेन) छानिने छ । यस प्रस्तुतीलाई नेवाः एचडि टेलिभिजन, कीर्ति अनलाईनलगायत मिडिया पार्टनरबाट प्रशारण पश्चात उत्कृष्ट दशको नतिजा घोषणा गरिने आयोजक समितिका संयोजक हरिशरण सायमिले बताउनु भएको छ ।
कीर्तिपुर नगरका युवाहरूलाई लक्षित गरी उनीहरूलाई सांगितिक क्षेत्रमा आकर्षित गराउने उद्देश्यले कीर्तिपुर नगरपालिकाले यो प्रतियोगितको आयोजना गरेको हो । यस प्रतियोगितमा प्रशान्त सुवेदी, जोन महर्जन, नसना महर्जन, सनिश महर्जन, दिवेन वज्राचार्य, रसिक मालाकार, अतुल मानन्धर, सम्योग बस्नेत, निकेश मानन्धर, नफिसा महर्जन, रुपा शाही, रितिशा महर्जन, समृद्धि महर्जन, सुदेश महर्जन, निर्जल महर्जन, कृपा बाँस्कोटा, एकता महर्जन र स्नेहा नकर्मीले भाग लिनुभएको थियो ।
प्रतियोगितामा नेपालभाषा (नेवाः), खस नेपाली र तामाङ्ग भाषाको गीतलाई प्रतियोगितामा मान्यता दिएको भए तापनि तामाङ्ग भाषाको गीत भने सहभागी नै भएन । दोश्रो चरणमा पनि सबै प्रतियोगीहरूले खस नेपाली भाषाकै गीत गाउनुभएको थियो ।
प्रतियोगिताको निर्णायक मण्डलमा आयोजक समितिका संयोजक हरिशरण साय्मि र सदस्यहरू ज्ञानेश्वर “निभाः”, तीर्थ माली, सतिश महर्जन, न्हुच्छे दर्शनधारी, सन्तोष महर्जन, कृष्णहरी महर्जन, राजु महर्जन, रुविन श्रेष्ठ, दिपा महर्जन र रत्नशोभा महर्जन रहनुभएको थियो ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


