कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को उत्कृष्ट दश छनौट

कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को उत्कृष्ट दश छनौट

मेट्रो संवाददाता

१६ मंसिर २०७८ १७:२०

कीर्तिपुर नगरपालिकाले नेपाल संवत् ११४२ नयाँ वर्षको उपलक्ष्यमा आयोजित कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को उत्कृष्ट दश (टप टेन) छनौट गरेको छ ।

गत शुक्रबार नेपालभाषा एकेदेमि हलमा आयोजित दोश्रो चरण (काराओके राउण्ड) मा प्रस्तुत गरेको प्रस्तुतीको आधारमा उत्कृष्ट दश छनौट गरेको हो ।

प्रतियोगितमा १९ जना सहभागी भए तापनि एक जना विदेश गएकोले जम्मा १८ जना मात्र काराओके राउण्ड (ट्रायकमा गीत गाउने) मा सहभागी हुनु भएको थियो ।

कीर्तिपुरमा ख्यातिप्राप्त संगीतकर्मीहरू हरिशरण सायमि, ज्ञानेश्वर निभाः, सतिश महर्जन, तीर्थ माली,, न्हुच्छे दर्शनधारी, सन्तोष महर्जन, कृष्णहरि महर्जन, रुविन श्रेष्ठ, राजु महर्जन, दिपा महर्जन र रत्न शोभा महर्जनसम्मिलित निर्णायक मण्डलद्वारा बुधबार उक्त प्रतियोगिताको उत्कृष्ट दश छनौट गरिएको हो ।

उत्कृष्ट दशमा पर्न सफल हुनेहरू प्रतियोगी नं. १ प्रशान्त सुवेदी, प्रतियोगी नं. २ जोन महर्जन, प्रतियोगी नं. ६ दिवेन वज्राचार्य, प्रतियोगी नं. ७ रसिक मालाकार, प्रतियोगी नं. ८ अतुल मानन्धर, प्रतियोगी नं. १० निेकश मानन्धर, प्रतियोगी नं. ११ नफिसा महर्जन, प्रतियागी नं. १५ सुदेश महर्जन, प्रतियोगी नं. १७ कृपा बाँस्कोटा र प्रतियोगी नं. १८ एकता महर्जन रहनु भएको छ ।

कीर्तिपुर नगरका १५ वर्षदेखि ३० वर्षसम्मका स्थायी बासिन्दाहरूलाई सांगीतिक क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले कीर्तिपुर नगरपालिकाले यो गायन प्रतियोगिता (सिङ्गिङ आइडल) को आयोजना गरेको हो ।

छनौटमा पर्न सफल भएका उत्कृष्ट दश जनालाई कीर्तिपुर नगरपालिकाको आयोजक कमिटीले आवश्यक प्रशिक्षण तथा बाहिरी कार्यक्रममा पनि संलग्न गराइने छ भने आउँदो पुष महिनाको पहिलो हप्ता फाइनल प्रतियोगिता गर्ने तालिका रहेको आयोजक कमिटीका संयोजक हरिशरण सायमिले बताउनु भएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता