स्थानीय लगानी र सीपबाट   काष्ठमण्डप पुनर्निर्माण

स्थानीय लगानी र सीपबाट काष्ठमण्डप पुनर्निर्माण

मेट्रो संवाददाता

१८ मंसिर २०७८ २३:४५

०७२ सालको भूकम्पले क्षति पुगेको काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । भुकम्पको ८ वर्ष लाग्दै गर्दा प्राचिन सम्पदा काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।

काष्ठमण्डप पुननिर्माणका लागि कार्तिक मसान्नसम्ममा ११ करोड ४२ लाख ६८ हजार ९३६ रुपैयाँ ५३ पैसा खर्च भएको छ । यसका लागि काठमाडौँ महानगरपालिकाले ११ करोड ५० लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराएको छ । बैङ्क व्याजसहित उपभोक्ता समितिलाई प्राप्त ११ करोड ७५ लाख ७३ हजार ५४७ रुपैयाँ ५१ पैसा आयबाट यो रकम खर्च भएको हो ।

पुननिर्माण कार्य अन्तिम चरणमा पुगेपछि हिजो (मंसिर १७ गते) पुननिर्माण समितिले कार्य प्रगति र आर्थिक विवरण जानकारी दिन आयोजना गरेको आयोजना गरेको सार्वजनिक सुनुवाई तथा पत्रकार सम्मेलनमा यस सम्बन्धी जानकारी दिइएको हो ।

२०७५ साल वैशाख १८ गते जनप्रतिनिधि तथा स्थानीयको भेलाको निर्णयबाट प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समितिको गठन भएपछि प्रक्रिया अगाडि बढेको हो ।

काष्ठमण्डप पुननिर्माणका लागि आवश्यक पर्ने सबै रकम काठमाडौँ महानगरपालिकाले व्यहोर्ने महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रतिबद्धता व्यक्त गर्नुभएपछि पुननिर्माणको काम उपभोक्ता समितिबाट थालिएको थियो ।

अहिलेसम्मको प्रगतिका विषयमा जानकारी गराउँदै समितिका अध्यक्ष एवं प्रदेश सभा सदस्य राजेश शाक्यले भन्नुभयो, ‘हामी पुननिर्माणको अन्तिम चरणमा छौँ । छिट्टै नै यसको औपचारिक शुरुवात गर्नेछौँ ।’ पुननिर्माणको सिकाइको सन्दर्भ उठाउँदै शाक्यले, काष्ठमण्डप निर्माणको अन्तिम चरणमा पुगेपछि आफ्नै स्रोत, सीप र प्रविधिबाट प्राचीन स्मारक पुननिर्माण गर्न सक्छौँ भन्ने भन्ने कुरा पुष्टि भएको छ ।

पुननिर्माण समितिका सचिव गौतम डंगोलकाअनुसार ०७८ कार्तिक मसान्तसम्ममा पुननिर्माणका लागि ल्याइएका ७६ हजार ११ वटा माः अप्पा (ठूलो) मध्ये ७५ हजार ७६१ वटा प्रयोग भइसकेको छन् । यसैगरी ८६ हजार ८ सय वटा माः अप्पा (सानो,) मध्ये ८३ हजार ८ सय र २२४ वटा फः अप्पामध्ये १७९ अप्पाको प्रयोग भइसकेको छ ।

काष्ठमण्डपको गारोमा प्रयोग भएको माटोको प्रयोगशालामा नमूना परीक्षण गराउँदा (क्ले, सिल्ट र बालुवा) को विशेष अनुपात रहेको माटो प्रयोग गरिएको कुरा देखियो । जगमा भरिएको माटोका विषयमा दरह्याम विश्वविद्यालय र पुरातत्व विभागको टोलीको अध्ययन प्रतिवेदनमा यसमा विशेष अनुपात मिलाएर तयार गरेर भरिएको माटो हो भन्ने कुरा उल्लेख छ । पुननिर्माण गर्दा यही अध्ययनले देखाएको पूर्व अवस्थालाई सोहीबमोजिम पुननिर्माण गराइएको छ ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता