मेट्रो संवाददाता
२१ मंसिर २०७८ १०:२५
कीर्तिपुर नगरपालिकाद्वारा आयोजित कीर्तिपुर सिङ्गिङ आइडल–११४२ मा उत्कृष्ट दश स्थान (टप टेन)मा पर्न सफल भएका प्रतियोगीहरूलाई बिहीबार कीर्तिपुर नगरपालिकामा नगर प्रमुख रमेश महर्जन र उप–प्रमुख सरस्वती खड्काले बधाईका साथै शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना व्यक्त गर्नुहुँदै नगर प्रमुख महर्जनले कीर्तिपुर चिनाउने विभिन्न माध्यमहरू मध्ये सांगितिक विधा पनि भएकोले यसमा उत्कृष्ट दशमा आउन सफल हुनेहरूले पनि कीर्तिपुरका लागि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
सांगितिक क्षेत्रका थुप्रै ख्यातिप्राप्त कलाकारहरू कीर्तिपुरमा विद्यमान रहेको परिप्रेक्षमा यो सिङ्गिङ आइडलमार्फत आउनुहुनेहरूले थप प्रचार प्रसार गर्न सहयोग मिलेको बताउनु भयो ।
कीर्तिपुर नगरपालिकाको लागि कुनै निश्चित समयसम्मको लागि भए पनि अनुबन्धित हुनुु पर्ने भएकोले छिट्टै प्रतिवद्धता पत्रमा हस्ताक्षर गराउने प्रष्ट पार्नुभयो ।
कार्यक्रममा नगर प्रमुख महर्जन र उप–प्रमुख खड्काले टप टेनमा सफल हुनु भएकाहरूलाई परिचय पत्र हस्तान्तरण गर्नुभएको थियो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


