मेट्रो संवाददाता
२२ मंसिर २०७८ २२:००

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा (‘बुस्टर डोज’) दिने भएको छ । राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने भएको हो ।
समितिको सिफारिस र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को मापदण्डमा परेका ६० वर्षभन्दा माथिका भेरोसेल खोपको दुई मात्रा लगाएका ज्येष्ठ नागरिकलाई एक मात्रा खोप पुनः दिन थालिएको स्वास्थ्य सेवा विभागको परिवार कल्णाण महाशाखाका प्रमुख डा विवेककुमार लालले जानकारी दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्वास्थ्यमन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग यही मङ्सिर १७ गते गर्नुभएको छलफलमा एक चरण खोप लगाइसकेका नागरिकका लागि विशेषज्ञको राय लिएर ‘बुस्टर डोज’ उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।
“भेरोसेल खोपको दुई मात्रा लगाइसकेका ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा (बुस्टर डोज) दिन डब्लुएचओले सिफारिस गरेको छ”, उहाँले आज मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “सोही सिफारिसलाई खोप सल्लाहकार समितिले नेपालमा पनि ६० वर्षभन्दा माथिका भेरोसेल लगाएका दुई मात्रा लगाएका सबै व्यक्तिलाई तीन महिनापछि एक मात्रा खोप बुस्टर डोज लगाउन सिफारिस गरेको छ । सोही अनुसार मन्त्रालयले गृहकार्य अगाडि बढाइसकेको छ ।”
बढीभन्दा बढी जनसङ्ख्या खोप लगाएपछि पनि पुनः थप मात्रा (बुस्टर डोज) दिने उहाँको भनाइ रहेको छ । “अहिलेको कोरोना भाइरसको भेरियन्टको सङ्क्रमणको जोखिम कति छ । यसभन्दा अगाडि लगाएका खोपले अहिलेको भेरियन्टसँग जुध्न सक्छ कि सक्दैन भन्ने अध्ययनको नतिजा आउँछ भन्नेबारेमा डब्लुएचओले बुस्टर डोजको अध्ययन गरिरहेको छ । त्यो सबैको परिणामको पुनः आकलन गरेर सरकारले बुस्टर डोजको बारेमा थप निर्णय लिने छ”, उहाँले भन्नुभयो ।
केही विशेष अवस्थाका व्यक्तिलाई खोप लगाएपछि जुनस्तरमा रोग प्रतिरोधात्मक क्षमता हुनुपर्ने हो, त्यो नभएपछि त्यस्ता व्यक्तिलाई थप मात्रा (बुस्टर डोज) दिन डब्लुएचओले सिफारिस गरेको छ । यस्तै क्यान्सरका रोग भएका, अङ्ग प्रत्यारोपण गरेका, रोग प्रतिरोधी क्षमता कम भएका (एचआइभी), रोग प्रतिरोधी क्षमता दबाउने औषधि प्रयोग गर्ने व्यक्तिलाई लक्षित गरी एक मात्रा खोप दिनका लागि पनि डब्लुएचओले सिफारिस गरेको छ ।
विश्वका केही देशले आफूखुशी निर्णय गरेर बुस्टर डोज लगाउने गरेको पाइएको छ तर डब्लुएचओले सबै जनसङ्ख्यालाई समेटेर बुस्टर डोज लगाउनका लागि सिफारिस भने गरेको छैन । “अझै पनि सबै सदस्य राष्ट्रले बढीभन्दा बढी जनसङ्ख्यालाई खोप लगाउनुपर्दछ । त्यो सबै जनसङ्ख्यालाई लगाइसकेपछि बल्ल थप मात्र लगाउन पर्दछ भनेको छ,” उहाँले भन्नुभयो । नेपालमा कोभिशिल्ड एस्ट्राजेनिका, भेरोसेल, जोन्सन एण्ड जोन्सन र फाइजर खोप लगाइँदै आइरहेको छ । नेपालमा लक्षित जनसङ्ख्याको ५३.७ प्रतिशतलाई पहिलो मात्रा र ४४.५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको छ ।
कोभिशिल्ड छ लाख मात्रा आयो, मोडर्ना आउँदै
कोराना भाइरस विरुद्धको खोप कोभिशिल्ड आज छ लाख मात्रा नेपाल आएको छ । कोभ्याक्स सुविधाअन्तर्गत भारतको खोप आज दिउँसो कतार एयरवेजबाट नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । उहाँका अनुसार खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । आज आएकोसँगै नेपालमा अहिलेसम्म दुई करोड ७८ लाख मात्रा खोप नेपाल आइसकेको उहाँले बताउनुभयो ।
यस्तै भोलि अमेरिकाबाट मोडर्ना खोप आउँदैछ । उहाँले भोलि १४ लाख मात्रा मोर्डना खोप नेपाल आउने जानकारी दिनुभयो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई लगाइन्छ । सरकारले बालबालिका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप खरिद गरी पुस १५ गतेसम्म ल्याउने तयारी गरेको छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


