राप्रपाद्वारा वार्ता समिति गठन

राप्रपाद्वारा वार्ता समिति गठन

मेट्रो संवाददाता

२२ मंसिर २०७८ २१:३०

राप्रपाको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, सङ्गठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता गर्न महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

पार्टीको एकता महाधिवेशन पश्चात् आज नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै अर्का महामन्त्री भुवन पाठकको संयोजकत्वमा स्थानीय निर्वाचन परिचालन समिति गठन गरेको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यको मर्यादाक्रम निर्धारण गर्नका लागि उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा मर्यादाक्रम निर्धारण समिति गठन गरिएको छ । पार्टीका नवनिर्वाचित सबै पदाधिकारी एवं सदस्यले सङ्गठनमा अनिवार्य बुझाउनुपर्ने रकम निर्धारण गर्न अर्का महामन्त्री कुन्तीकुमारी शाहीलाई संयोजक तोकिएको छ ।

बैठकले पार्टीका सबै भ्रातृ सङ्गठनलाई आगामी १५ दिनभित्रमा अनिवार्यरूपले महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना र कार्यतालिका पेश गर्न निर्देशन दिने निर्णय गरेको छ ।

आगामी पुस महिनाभित्र सबै प्रदेश कार्यसमितिलाई विस्तारित बैठक बोलाउन निर्देशन दिइएको छ । बैठकले विभिन्न कालखण्डमा राप्रपामा आबद्ध रहेको तर विभिन्न कारणले परित्याग गरेका, निष्क्रिय रहेका, अर्को पार्टीमा गई भूमिकाविहीन भएकालाई परिवर्तित अवस्थामा पार्र्टीमा फर्कन आग्रह गरेको छ ।

महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा र लक्ष्य प्राप्तिका लागि आगामी पुस महिनाको पहिलो हप्तासम्म बैठक राख्न र सङ्गठनलाई गतिशील र चलायमान बनाउन जिल्ला कार्यसमिति, सङ्घीय निर्वाचन क्षेत्रीय समिति, प्रदेससभा निर्वाचन क्षेत्रीय समिति र स्थानीय तहअन्तर्गतका समितिलाई बैठकले निर्देशन दिएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता