पुस १५ गते कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को फाइनल

पुस १५ गते कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को फाइनल

मेट्रो संवाददाता

५ पुष २०७८ २१:४६

कीर्तिपुर नगरपालिकाले आयोजना गरिरहेको कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को फाइनल प्रतियोगिता यही पुस १५ गते हुने भएको छ ।

कीर्तिपुर नगरपालिकाले आइतबार नगरपालिका सभाहलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सो कुराको जानकारी दिएको थियो । कीर्तिपुर नगरपालिकाले नेपाल संवत् ११४२ नयाँ वर्षको उपलक्ष्यमा नगरका युवापिंढीलाई सांगितिक क्षेत्रमा आकर्षित गराउने उद्देश्यले आयोजना गरेको यस कीर्तिपुर सिङ्गिङ आइडल–११४२ का लागि नगरभरिका १५ वर्षदेखि ३० वर्षसम्का युवाहरूलाई गत कार्तिक १५ गतेसम्म आ–आफ्नो गीत मोबालमा खिचेर आयोजकसम्म पु¥याउन सूचना जारी गरेको थियो ।

सो समयसम्म जम्मा १९ जना सहभागी भएको थियो । सहभागी सबैलाई दोश्रो चरणको काराओके राउण्डमा छानिएको थियो भने एक जना भने विदेश गएका कारण यस काराओके राउण्डमा जम्मा १८ जना मात्र सहभागी हुनु भएको थियो ।

यस काराओके राउण्डबाट उत्कृष्ट दश स्थान (टप टेन) छानिएको नगरपालिकाद्वारा गठित आयोजक कमिटी संयोजक संगीतकर्मी हरिशरण साय्मिले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिनुभएको थियो । कार्यक्रममा संयोजक साय्मिले फाइनल प्रतियोगिता कीर्तिपुर नगरपालिका वडा नं. ८ पाँगामा नवनिर्मित कीर्तिपुर सिनेप्लेक्स हलमा हुनेसमेत जानकारी दिनुभएको थियो भने उत्कृष्ट दश स्थान हासिल गरेका(टप टेन)हरूको सामूहिक गीत रेडियो नेपालले रेकर्ड गरिदिने रेडियो नेपालका बोर्ड अफ डाइरेक्टर टिका भण्डारीले घोषणा गर्नुभएको पत्रकारहरूलाई जानकारी दिनुहुँदै यो सिङ्गिङ आइडल प्रतिगोगिताको उपलब्धी भएको बताउनु भयो ।

कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को उत्कृष्ट दश स्थान (टप टेन) मा प्रशान्त सुवेदी, जोन महर्जन, दिवेन वज्राचार्य, रसिक मालाकार, अतुल मानन्धर, निकेश मानन्धर, नफिसा महर्जन, सुदेश महर्जन, कृपा बाँस्कोटा र एकता महर्जन रहनु भएको छ । उक्त फाइनल प्रतियोगितामा प्रत्येक प्रतियोगीले एक चरण नेपालभाषाको गीत र एक चरण खस नेपाली भाषाको गीत गाउनु हुने र यसैको आधारमा प्रथम, द्वितीय तृतीय स्थान छान्ने जनाउनु भयो । प्रतियोगीहरूको गीत प्रत्यक्ष बाद्यबादनमा हुने र बीच बीचमा अतिथिहरूको गीत र नृत्य हुनुका साथै कलाकारिता क्षेत्रबाट आउनुभएका कीर्तिपुुर नगरपापिलका वडा नं. १० का अध्यक्ष अमन महर्जनको स्ट््याण्डिङ्ग कमेडी समेत हुने जानकारी दिनुभयो ।

कार्यक्रममा कीर्तिपुर नगरमा गीत संगीत, दाफा भजनमा समेत निरन्तर योगदान गर्नुहुने एकजना कलाकारलाई अभिनन्दन गरिने पनि बताउनुभयो । पत्रकार भेटघाट कार्यक्रममा फाइनल प्रतियोगिताका लागि स्थान उपलब्ध गराइदिनु हुने कीर्तिपुर सिनेप्लेक्सका सञ्चालक नरेन्द्र महर्जनले कीर्तिपुर नगरपालिकाले सञ्चालन गरेको यो प्रतियोगिता निकै नै राम्रो भएको र आफू निकै खुशी भएको बताउनुहुँदै उत्कृष्ट दश स्थानमा पर्न सफल हुनुहुनेहरूलाई परिवारसहित कीर्तिपुर सिनेप्लेक्समा निःशुल्क चलचित्र हेर्न आउन अनुरोध गर्नुभयो ।

साथै आफू चलचित्र निर्माता र वितरक पनि भएकोले यस सिङ्गिङ आइडलका प्रतियोगीहरूलाई नेपालभाषा वा नेपाली भाषाका चलचित्रमा समेत गीत गाउन लगाउन आफूले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । कार्यक्रममा उप–प्रमुख खडकाले सम्पूर्ण प्रतियोगीहरूलाई शुभकामना दिनुहुँदै सम्पूर्णलाई गीत गाउँछु भनी तम्सिनु नै ठूलो कुरा भएको उल्लेख गर्नुभयो । उप–प्रमुख खड्काले कीर्तिपुर नगरपालिकाले सिङ्गिङ आइडलको आयोजना गरेको गर्व महशुस गर्दै काठमाडौं महानगरपालिकाका प्रमुखलाई समेत अतिथिको निमन्त्रणा गरिसकेको बताउनुभयो । कार्यक्रममा नगर प्रमुख महर्जनले आफू संगीतमा रुचि भएकोले पनि यो सिङ्गिङ आइडलको आयोजना गरेको बताउनु भयो ।

नगर प्रमुख महर्जनले अबको फाइनलमा पहिलो दोश्रो जो भए पनि पछिसम्म सबैले मेहेनत गरी अघि बढ्नु पर्ने बताउनु भयो । एउटा प्रतियोगितामा पहिलो हुँदैमा सधैं पहिलो हुन नसक्ने उदाहरण प्रस्तुत गर्नुहुँदै निरन्तर प्रयास गर्ने नै सधैं पहिलो हुने स्पष्ट पार्नु भयो । कार्यक्रममा कीर्तिपुर नगरपालिका वडा नं. २ का अध्यक्ष रमेशमान डंगोल, सामाजिक विकास शाखा प्रमुख अनुज प्रधानले आ–आफ्नो धारणा राख्नु भएको थियो भने प्रतियोगीको तर्फबाट जोन महर्जन, नफिसा महर्जन र प्रशान्त सुवेदीले प्रतियोगितामा सहभागी हुनु भन्दा पहिले र अहिलेको आफ्नो जीवनमा फरक आएको अनुभव सुनाउनु भएको थियो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता