४५ जना दाफा गुरुहरुलाई काठमाडौं महानगरको सम्मान

४५ जना दाफा गुरुहरुलाई काठमाडौं महानगरको सम्मान

मेट्रो संवाददाता

९ पुष २०७८ १८:४५

काठमाडौँ महानगरले ४५ जना दाफा गुरुहरुलाई सम्मान गरेको छ । २७ औँ महानगर दिवस ०७८ को अवसरमा आज खुशिँवुमा एक कार्यक्रमविच उहाँहरुलाई मेयर विद्यासुन्दर शाक्यले सम्मान गर्नुभएको हो ।

‘महानगरपालिकाले काठमाडाैं सहरलाइ साँस्कृति एवं ए‍ेतिहासिक सहर, सम्पदा नै सम्पदाकाे सहर, २ हजार वर्ष पुरानाे सहरकाे रूपमा परिचय दिंदै आइरहेकाे छ । त्यहि सहरका बाजा परम्परा जाेगाइराख्नुभएकाे गुरूवर्गमा सम्मान स्वरूप भत्ताकाे पनि व्यवस्था गरेका छाैं’, मेयर शाक्यले बताउनुभयाे ।

‘राज्यले चाहेकाे बखतमा राष्ट्रकाे गाैरवका रूपमा काठमाडाैंका बाजागाजालाइ संस्कृति-सम्पदाका रूपमा प्रस्तुत गरिरहेकाे छ भने राज्यले यसमा कुनै लगानी गरेकाे देखिन्दैन ।’, मेयर शाक्यले बताउनुभयाे ।

पुर्खाहरूकाे नासाे मूर्त तथा अमूर्त सम्पदाकाे संरक्षण र प्रवर्द्धनका लागि काठमाडौँ महानगरले राज्यकातर्फबाट लगानी गरिरहेको उहाँले बताउनुभयो ।

‘वर्तमान कुमारी, गणेश र भैरव, पूर्व कुमारी, गणेश र भैरवको मासिक भत्ता बढाएका छौँ । जो देवी देवताका रुपमा रहनुहुन्छ । उहाँहरुले अन्य पेशा गर्न नसक्ने भएपछि जीवन तथा घर व्यवहार चलाउन कठिन हुन्छ । यसले परम्पराप्रतिको आकर्षण घट्न सक्छ । यसप्रतिको आकर्षणलाई बचाउन हामीले परम्परागत संस्कारको निरन्तरताका लागि जसले पूरा समय दिनुहुन्छ, उहाँहरुका लागि भत्ताको व्यवस्था गरेका हौँ । परम्परागत बाजागाजाको संरक्षण र प्रशिक्षणका लागि यसबाट जात्रा, पर्व, संस्कार र संस्कृतिको निरन्तरतामा प्रोत्साहन हुनेछ ।’

तहगत संरचनामा ३ तहका सरकार छन् । तीमध्ये स्थानीय तहका जनप्रतिनिधिले जनतासँगसँगै काम गर्ने हुन् । प्रदेश र संघ सरकारमा प्रतिनिधित्व गर्ने सदस्यहरुको जनताका दुःखसँग कम परिचय हुन्छ । मेयर शाक्यले, जनताका दुःखको सबैभन्दा नजिक पालिकाका जनप्रतिनिधि नै हुने बताउँदै आफूहरुले सामाजिक र सांस्कृतिक जीवनको महत्व नजिकबाट बुझेको बताउनुभयो ।

महानगरको परम्परागत चिनारीलाई यथावत राख्न बाजा गुरुहरुको सीप र कलालाई पुस्तान्तरण गर्नु पर्नेछ । यसका लागि हामीले प्रयास गरिरहेका छौँ । कार्यक्रममा वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले भन्नुभयो, ‘सांस्कृतिक पहिचान जोगाउनुलाई हामीले प्राथमिक कामका रुपमा लिएका छौँ । बाजागाजाहरु सामाजिक काम, मठमन्दिर तथा जीवन मृत्यु पर्यन्तका संस्कारसँग जोडिन्छन् । यिनीहरुको एकीकृत विकासमा हामीले लगानी बढाएका छौँ ।’

सम्मानपछि गुरुहरु ज्योती शाक्य र राजभाइ ज्यापूले महानगरबाट प्राप्त भएको सहयोगले परम्परागत बाजा संरक्षण, वादन प्रशिक्षणका कार्यक्रम बढ्दै गएको धारणा राख्नुभयो । महानगरको लगानीबाट परम्परालाई पुस्तान्तरण गर्न सहज भएको हामीलाई महसुस भएको छ । दाफा गुरुहरुको भनाइ थियो ।

काठमाडौँ महानगरभित्रका परम्परागत टोलहरुमा सामाजिक तथा सांस्कृतिक चालचलनको निरन्तरताका लागि एउटा सामाजिक संगठन बनाइएको हुन्छ । त्यहाँ नायो, कजी र गुरु अनिवार्य हुन्छन् । नायोले प्रशासनिक, कजीले व्यवस्थापकीय र गुरुले बाजागाजा सिकाउने काम गर्छन् ।

बाद्यबादन र गायनसँग सम्बन्धित दाफा यही संगठनबाट सञ्चालन गरिने परम्परागत संस्कार हो । दाफा डवली, पाटी, मन्दिरको अगाडि वा सत्तलमा मात्र सञ्चालन हुन्छ । खिँ र ता बाजा बजाउँदै गायन गर्नु दाफाको परम्परागत चिनारी हो । पछि अन्य बाजाहरु मिसाएर गाउने चलन छ ।

काठमाडौँका हरेक जात्रा, पर्व र संस्कार बाद्यवादन तथा गायनसँग सम्बन्धित हुन्छन् । यसरी बजाइने बाजा र गाइने गीत सम्बन्धी आफ्नै नियम हुन्छन् । ऋतु, पर्व र संस्कारअनुसार समय तोकिएको हुन्छ । टाढाबाट बाजाको बोल सुनेर कुन क्रियाकलाप भएको हो, थाहा पाउन सकिन्छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता