मेट्रो संवाददाता
१६ पुष २०७८ १७:५७

कीर्तिपुर नगरपालिकाकाे आयाेजनामा कीर्तिपुर सिङ्गिङ आइडल ११४२ सम्पन्न भएकाे छ ।
कीर्तिपुरकाे पांगामा अवस्थित कीर्तिपुर सिनेप्लेक्सकाे हलमा सम्पन्न भएकाे उक्त कार्यक्रममा कीर्तिपुर नगरपालिका वडा नं. ४ सल्यानस्थानका प्रशान्त सुवेदी प्रथम भएका छन् ।
नेपाल संवत् ११४२ नयाँ वर्षको उपलक्ष्यमा दुइ महिनाअघि सुरू भएकाे उक्त सिङ्गिङ आइडलमा कीर्तिपुर नगरपालिका वडा नं. ३ का अतुल मानन्धर द्वितीय र कीर्तिपुर नगरपालिका वडा नं. ५ का जोन महर्जन तृतीय हुनुभएका छन् ।
प्रतियाेगितामा विजेताहरूलाई कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले क्रमशः नगद ५० हजार, ४० हजार , ३० हजार नगद पुरस्कारका साथ ट्रफी र मेडल प्रदान गर्नुभएकाे थियाे भने उपप्रमुख सरस्वती रिजालले प्रमाण पत्र प्रदान गर्नुभएकाे थियाे ।
त्यस्तै कार्यक्रममा नगरपालिकाया प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले टिका लगाइदिनुभएकाे थियाे भने कार्यक्रममाका संयाेजन हरिशरणा साय्मिले फुलकाे गुच्छा दिइ विजेताहरूकाे सम्मान गर्नुभएकाे थियाे ।
कार्यक्रममा प्रमुख महर्जनले बाटाे बनाउने, ढल बनाउने, सम्पदा पुनर्निर्माण गर्ने तथा विकासका कार्य मात्र नभइकन नगरवासी युवाहरूकाे प्रतिभा उजागर गरी उनीहरूकाे कदर गर्नु पनि स्थानीय सरकारकाे कर्तब्य र दायित्व भएकाे बताउनुभयाे ।

‘टप टेन भित्र पर्नु नै सबै आइडल बन्नु हाे । विजेता केवल एक जना मात्र हुन्छ । याे प्रतियाेगिताकाे नियम हाे । हामीले दायित्व पुरा गरेका छाैं, अब तपाइहरूले आफ्नाे प्रतिभालाइ निरन्तरता दिइ विश्वसामु आफुलाइ प्रस्तुत गर्नुहुनेछ भन्ने आशा लिएका छाैं’, नगरप्रमुख महर्जनले भन्नुभयाे ।
किर्तिपुर आइडलकाे निर्णायक मण्डलमा संगीत क्षेत्रका हस्ती तीर्थ माली, ज्ञानेश्वर निभाः, न्हुच्छे दर्शन, सन्तोष महर्जन, सतीश महर्जन, राजु महर्जन (कटुम्ब ब्याण्ड), रुविन श्रेष्ठ (कुटुम्ब ब्याण्ड), कृष्णहरि महर्जन, रत्नशोभा महर्जन, दिपा महर्जनलगायतका साथमा आइडलका संयाेजक हरिशरण साय्मिसमेत थिए ।
कार्यक्रममा कीर्तिपुरका वरीष्ठ संगीतकार ज्ञानेश्वर निभाःलाई श्रष्टा साधानाबाट सम्मानित गरिएकाे थियाे ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले उद्घाटन गर्नुभएको उक्त प्रतियोगीताका विजयी प्रतियोगिहरूका साथै निर्णायकहरू र सहयोगीहरूलाई कीर्तिपुर नगरपालिकाका प्रमुख महर्जनलगायत उप–प्रमुख सरस्वती खड्का, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, वडा नं. १ का अध्यष हर्ष महर्जन, वडा नं. २ का अध्यक्ष रमेशमान डंगोल, वडा नं. ३ का अध्यक्ष राजेन्द्र महर्जन र वडा नं. १० का अध्यक्ष अमन महर्जनले प्रमाण पत्र, ट्रफि र मायाको चिनो प्रदान गर्नुभएको थियो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


