धारापाटीमा सिद्धेश्वर महादेव मन्दिर उद्घाटन

धारापाटीमा सिद्धेश्वर महादेव मन्दिर उद्घाटन

मेट्रो संवाददाता

१९ फागुन २०७८ १३:०८

काठमाडाैं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले मंगलबार शिवरात्रीको अवसर पारेर सिद्धेश्वर महादेव मन्दिर उद्घाटन गर्नुभएको हो । काठमाडौँ महानगरपालिका वडा ३ धारापाटीमा रहेको उक्त मन्दिर महानगरको जनसहभागितामा आधारित कार्यक्रमअन्तर्गत निर्माण गरिएको हाे ।

‘विकासका परिणामहरु विस्तारै आउँछन् । हामीले गरेका कामहरु धमाधम सकिँदैछन् । कतिपय कामहरु सम्पन्न हुने चरणमा छन् । यो प्रगतिलाई मैले सकारात्मक मानेको छु’, मेयर शाक्यले भन्नुभयाे, ‘सम्पदा पुननिर्माणको प्रगतिमा क्रमशः सुधार हुँदै गएको बताउनुभयो।’

स्थानीय तह गठन भएपछि पहिलो कार्यकाल भएकोले स्थानीय सरकारको स्वरुप बनाउन कानून र अन्य प्रबन्धमा काम गर्नुपर्ने बताउँदै सुरुदेखि नै सेवा प्रवाहका लागि सुविधा सम्पन्न पूर्वाधार र सम्पदा पुननिर्माणमा प्राथमिकता दिने नीति लिएकाे उहाँले बताउनुभयाे ।

कार्यक्रममा वडा ३ का अध्यक्ष दीपक के. सी. ले शैक्षिक, धार्मिक र स्वास्थ्य क्षेत्र वडा ३ को विशेषता बताउँदै उहाँले भन्नुभयाे, ‘यो विशेषतालाई जोगाउने कामलाई महत्व दिएर हामीले काम गरिरहेका छौँ । २ सय रोपनी जग्गा संरक्षण गरेर पार्क बनाएका छौँ । ८ किलोमिटर सडक विस्तार गरेका छौँ । भैरव, नारायण, शिव, दक्षिणकाली र गणेश मन्दिर निर्माण, पुननिर्माण र मर्मत सम्भार गरेका छौँ ।’

त्यस अवसरमा सहभागी स्थानीयले महानगरले अघि सारेका योजनाबाट स्थानीयबासी लाभान्वित भएको प्रतिक्रिया दिएका थिए ।

धारापाटी क्षेत्रमा साढे ३ रोपनी जग्गा संरक्षण गरेर पार्क निर्माण गरिदैछ । यही जग्गामा करिब २१ लाख ९४ हजार रुपैयाँ लागतमा मन्दिर निर्माण गरिएको हो ।

मन्दिर बनाउन धारापाटी सामाजिक सेवा समितिले संयोजन गरेको थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता