‘भ्रम फैलाउनेका कारण आखिरमा समुदायलाई घाटा भयो’

‘भ्रम फैलाउनेका कारण आखिरमा समुदायलाई घाटा भयो’

मेट्रो संवाददाता

२९ फागुन २०७८ ७:५२

‘गुथिघर, देवघर, बहा, बही नगरपालिकाले बनायाे भने सरकारले लिन्छ भन्ने भ्रम फैलाउनेका कारण यसले ठूलाे मात्रामा जनसमुदायलाई घाटा भएकाे छ ।’

पुनर्निर्माण भएकाे श्री वटु लुँमधि अजिमा (भद्रकाली) द्यः छेँकाे उद्घाटन समाराेहमा काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस्ताे भन्नुभएकाे हाे ।

‘संस्कृति र सम्पदा भनेको राष्ट्रको सम्पत्ति हो । यसलाई गुठीयारले धानेका थिए । समयसँगै बढेको मूल्य वृद्धिले अब गुठीयारले मात्र धान्न सक्ने अवस्था छैन ।’ मेयर शाक्यले थप्नुभयो, ‘संरचना बनाउने काम हामीले गरे पनि त्यसपछि त्यसको सञ्चालन र व्यवस्थापनका लागि गुठीयारलाई जिम्मा लगाउँछौँ ।

‘पैसाको कमी थिएन । बुझाइमा एकरुपता आएको भए अहिलेभन्दा धेरै परिणाम आउने थियो । भ्रम फैलाउनेका कारण आखिरमा समुदायलाई घाटा भयो’, मेयर शाक्यले भन्नुभयाे ।

२०७२ सालको भूकम्पले जीर्ण भएको देवघर बनाउन २०७५ साउनमा शिलान्यास भएको मन्दिर उद्घाटनपछि मेयर शाक्यले भन्नुभयो, ‘निर्वाचित भएर आफू महानगरमा आएदेखि सम्पदा संरक्षणमा लिएको नीति त्यसैबेलादेखि कार्यान्वयन गर्न पाएको भए अहिलेको भन्दा धेरै परिणाम आउने थियो । त्यसबेला हामीले भनेका कुरालाई गलत अर्थ लाग्ने गरी प्रचार गरियो । यसबाट गुठीयार र सांस्कृतिक गतिविधिसँग सम्बन्धित समुदायमा गलत सन्देश प्रवाह भयो । अहिले धेरैले कुरा बुझ्नुभयो तर हामीसँग काम गर्ने समय थोरै छ ।’

काठमाडौँ महानगरपालिकाले सम्पदाको पुननिर्माणका लागि गरेका कामको म प्रशंशा गर्छु । कार्यक्रममा पूर्वमन्त्री एवं संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठले, राम्रा कामको चर्चा नगर्ने सामाजिक मनोविज्ञानले भएका कामको पनि प्रचार नभएको बताउनुभयो ।

‘वडाको पूर्वाधार विकास, आर्थिक तथा सामाजिक विकासको पहिचान गर्ने जिम्मा वडा समितिलाई दिएका छौँ ।’ कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘भित्री सहरी क्षेत्रका सबै ठाउँ, सबै संरचना कुनै न कुनै रुपमा संस्कृति र परम्परासँग जोडिएका छन् । यिनीहरुको मर्मत सम्भार तथा पुननिर्माण गर्दा विशेष सावधानी अपनाउनु पर्छ । संवेदनशील हुनुपर्छ ।’

पूर्वीय दर्शनमा देवीशक्ति र राजनीतिक परिवर्तनले महिलालाई दिएको अधिकारका विषयमा कुरा गर्दै उपमेयर खड्गी श्रेष्ठले, महिला घरको मात्र नभएर देशकै गृहमन्त्री र प्रधानमन्त्री बन्न सक्ने क्षमतामा पुगेको धारणा राख्नुभयो ।

वडा २२ नयाँ सडक क्षेत्रमा पर्छ । यो ठाउँ व्यस्त व्यापारिक क्षेत्र भएकाले सम्पदाको सौन्दर्य देखाउन कठिन भइरहेको छ । कार्यक्रममा वडाध्यक्ष चिनीकाजी महर्जनले भन्नुभयो, ‘मागका रुपमा आएका सबै योजना कार्यान्वयनमा छन् । यसबाहेक हामी आफैँले पनि वडाको समृद्धिका लागि पहिचान गरेका आवश्यकतालाई पूरा गराउने प्रयासमा छौँ ।’

मन्दिर करिब १ करोड ६० लाख रुपैयाँमा पुननिर्माण भएको हो । यसमध्ये महानगरले करिब १ करोड रुपैयाँ उपलब्ध गराएको थियो भने जनसहभागिताबाट ६६ लाख रुपैयाँ संकलन भएको थियो । पुननिर्माणका बारेमा जानकारी दिँदै पुननिर्माण समितिका सचिव दिपक महर्जनले भन्नुभयो, ‘पुननिर्माणका लागि संकलन भएको केही रकम बचत छ । यसलाई कसरी खर्च गर्ने भन्ने विषयमा निर्णय गरेर बचतलाई उपयोग गर्छौँ ।’

श्री वटु लँुमधि अजिमा घोडे जात्रासँग सम्बन्धित मन्दिर हो । घोडेजात्राका अवसरमा संकटाको भद्रकाली (पहेँलो टोपी) र ओटुको भद्रकाली (नीलो) को खटसँग कंकेश्वरी (रातो टोपी) को खट जुधाउने चलन छ । पहिले संकटा भद्रकाली र ओटु भद्रकाली एउर्टै भएको र पछि छुट्टिएको सचिव महर्जनको भनाइ छ ।

यो मन्दिर मल्लकालीन हो । महर्जनले भन्नुभयो, ‘पुननिर्माणका क्रममा प्रतापकालीन शिलालेख पाइएको छ ।’

भद्रकाली अजिमालाई सबैले मान्छन् । यसको व्यवस्थापन महर्जनहरुले गर्ने गरेका छ ।

उद्घाटन अवसरमा बागमती प्रदेशका पूर्वमन्त्री डा. अजयक्रान्ति शाक्य, महानगरका प्रवक्ता ईश्वरमान डंगोलसहित जनप्रतिनिधि र जनसाधारण सहभागी हुनुहुन्थ्यो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता